शाओमी स्मार्ट एअर फ्रायरसँगै स्मार्ट टीभीको लाइनअप सार्वजनिक
नेपालबहस संवाददाता
असोज १२, २०७९ बुधबार २१:५४:५४
१२ असाेज, काठमाडाैं । नेपालको नम्बर १ स्मार्टफोन र स्मार्ट टीभी ब्रान्ड मी नेपालले शाओमी स्मार्ट एअर फ्रायरसँगै स्मार्ट टीभीको लाइनअप सार्वजनिक गरेको छ ।
स्मार्ट टीभी लाइनअपमा रेडमी स्मार्ट टीभी एक्स सिरिजअन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने रेडमी स्मार्ट टीभी एक्स ४३ इन्च, रेडमी स्मार्ट टीभी ४३ इन्च फुल एचडी, मी टिभी ५ एक्स ४३ इन्च, शाओमी टीभी एक्स–सिजिल एक ५५ इन्च, मी टीभी ५ए ४३ इन्च र घरमै थिएटरको अनुभव दिने मीको सबैभन्दा ठूलो र सबैभन्दा प्रिमियम स्मार्ट फ्ल्यागसिप टीभी मी क्यूलिड टिभी ७५ इन्च छन् ।
लन्चका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘मी क्यूलिड टिभी ७५ इन्चले घरमै उत्कृष्ट सिनेमाको अनुभव प्रदान गर्दछ। ठूलो स्क्रिनका साथमा फराकिलो दृश्यहरु प्रदान गर्ने यो टिभी ७५ इन्चको स्क्रिन साइज र क्वान्टम डट टेक्नोलोजीको साथ आउँछ । ९७ प्रतिशत स्क्रिन–टु–बडी रेसियो, फुल एरे लोकल डिमिङ टेक्नोलोजी, रियालिटी फ्लो १२० (एमईएमसी)सहितको १२० हर्ट्ज रिफ्रेस रेट प्यानल र ३० डब्ल्यू ६ स्पिकर अडियो सेटअप भएको यो मी टीभी अहिलेसम्मको सबैभन्दा उन्नत र प्रिमियम टीभी हो । प्रयोगकर्ताले अब पप आउट हुने आश्चर्यजनक दृश्यहरु र रङहरुका साथ आफ्नो लिभिङ रुमलाई थिएटरमा रुपान्तरण गर्न सक्नेछन् । सुन्दर डिजाइनका साथमा यसले डल्बी भिजन, एचडीआर १० प्लस समर्थनका साथसाथै डल्बी अडियो र उन्नत अनुभवका लागि डीटीएस–एचडीको समर्थन गर्दछ ।’
स्मार्ट एअर फ्रायरको लन्चबारे थप्दै उनले भने, ‘उपभोक्ता आफ्नो स्वास्थ्यका बारेमा सचेत भइरहेकाले नेपालमा स्मार्ट एयर फ्रायरको बजार तीव्र रूपमा बढ्दै गएको छ। शाओमीमा हामी हाम्रा उपभोक्ताको आवश्यकता र प्राथमिकताबारे गहिरो अध्यन गर्छौं । त्यसअनुरुप शाओमी स्मार्ट एअर फ्रायर ३.५एल नेपाली बजारमा लन्च गर्न पाउँदा अत्यन्तै खुसी छौँ । यस स्मार्ट एयर फ्रायरमा आकर्षक डिजाइन कम्पोनेन्ट र नयाँ प्रविधिहरु एकीकृत गरिएको छ। स्मार्टर लिभिङ पोर्टफोलियोलाई विस्तार गर्ने लक्ष्य लिएका हामी हाम्रो प्रयास सधैँ सबैका लागि नवीनतम उत्पादन प्रदान गर्ने हो र शाओमी स्मार्ट एअर फ्रायर ३.५ एल त्यसैको प्रमाणीकरण हो ।’
मी क्यूलिड टिभी ७५ इन्चको मूल्य रु. २ लाख ९९ हजार ९९९ र शाओमी स्मार्ट एअर फ्रायरको मूल्य रु १२ हजार ४९९ रहेको छ । दुवै डिभाइस यही असोज ७ गतेदेखि सबै अधिकृत मी स्टोरहरुमा उपलब्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार