सूर्य कर्पोरेशनले अष्ट्रेलियामा साकुरा नाईट सिजन ५ आयोजना गर्ने
नेपालबहस संवाददाता
असोज १२, २०७९ बुधबार २२:३२:१२
१२ असोज, काठमाडौं । अष्ट्रेलियामा रहेको डि ब्वाईज ईभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने जनाएको छ । राजधानीमा एक कार्यक्रमको बिच फस्टलुक सार्वजनिक गर्दै आयोजकद्धय संस्था कर्पोरेशन र ग्लोबल मिडियाले कार्यक्रमको वारेमा जानकारी दिएको हो ।
यस अघि नेपाल र जापानमा चार पटकसम्म सफल आयोजना भइसकेको साकुरा नाईटको सिजन ५ यस पटक ११ वटा देशमा हुने आयोजक संस्था सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले बताए ।
अष्ट्रेलियामा भने ग्लोबल मिडियासँगको सहकार्यमा साकुरा नाईट सिजन ५ को आयोजना हुदैँछ । क्यानबेरा, सिड्नी, मेलवर्न र पर्थलगायतका शहरमा कम्तीमा ७ शोको तयारी भइरहेको अष्ट्रेलियाका लागि आयोजक संस्था डि ब्वाईज इभेन्ट्सका प्रतिनिधि गणेश मल्ल ठकुरीले बताए । अष्ट्रेलियाका लागि स्थानीय आयोजक संस्थाहरुमा डि ब्वाईजको साथै निर्माता तथा अभिनेता कुशल थापाको रेड चिल्ली ईन्टरटेन्मेन्ट र प्रोडक्शन कन्ट्रोलर केशव घिमिरेको प्रोडुसर नेपालले सम्पूर्ण व्यवस्थापनको तयारी गरेको छ । डिसेम्बर १३ तारिकदेखि २१ तरिकसम्म कार्यक्रमको तयारी गरेको साकुरा नाईट सिजन ५ को अष्ट्रेलिया टुर हुने आयोजकले बताइएको छ ।
अष्ट्रेलिया पछि जापान, दुबई, कोरिया, न्युजिल्याण्ड, युरोप, युके, क्यानडा, अमेरिका र नेपालमा पनि साकुरा नाईट सिजन ५ म्युजिकल टुर निरन्तर सूर्य कर्पोरेशनले शुरु गर्नेछ । यस अघि डायस्पोरामा हुने सबैभन्दा प्रतिष्ठित र पपुलर नेपाली फिल्म अवार्डको रुपमा सूर्य ईनटरनेशनल अवार्ड सूर्य कर्पोरेशनले सफल आयोजना गरिसकेको कार्यक्रमका संयोजक समीर बलामीले बताए । यो पटक अष्ट्रेलियामा साकुरा नाईट शुरु हुनेछ । विश्वभर नेपाली गीत संगीतको प्रवद्र्धन र नेपाली कला संस्कृतीको संरक्षणका लागि सूर्य कर्पोरेशनले निरन्तर फिल्म अवार्ड र साकुरा नाईटको आयोजना गरिरहेको कर्पोरेशनका अध्यक्ष लामिछानेले बताए ।
साकुरा नाईट सिजन ५ का लागि प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समिक्षा अधिकारीलगायतका कलाकारहरु रहने आयोजक संस्था कर्पोरेशनले जनाएको छ । कर्पोरेशनले साकुरा नाईटमा कलाकारहरुको टिमलाई थपघट गर्दै लानेगरि दुई बर्षको लागि कम्तीमा सम्झौता गर्न लागिएको जनाएको छ ।
बलामी फिल्म ईन्टरटेन्मेन्टले साकुरा नाईट सिजन ५ मा भिषा पार्टनरको रुपमा डाईनेमिक कन्सल्टटेन्सी रहेको छ । कर्पोरेशनले २०२३ मा सूर्य ईनटरनेशनल अवार्डको तेश्रो संस्करण अमेरिकामा आयोजना गर्न लागेको समेत जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार