वालिङमा कोसेलीघर सञ्चालनमा
नेपालबहस संवाददाता
असोज १२, २०७९ बुधबार २२:४६:५०
१२ असोज, वालिङ । वालिङमा ‘कोसेली घर’ सञ्चालन गरिएको छ । वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमीविकास समितिमार्फत सञ्चालन र व्यवस्थापन हुने गरी महिला उद्यमीहरुले आ–आफ्ना उत्पादनलाई राख्नका लागि कोसेली घर सञ्चालनमा ल्याईएको हो ।
कोसेली घर शुभारम्भ गर्दै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले सबै मिलेर नै नगरको समृद्धि संभव रहेको बताइन । प्रत्येक परिवार आर्थिक रुपमा सवल र सक्षम हुनका लागि महिलाहरुको ठूलो भूमिका रहेको भन्दै उपप्रमुख तिवारीले सबै महिलाहरु अनिवार्य रुपमा उत्पादनमा जोडिनु पर्ने बताइन । उत्पादन र बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउदै नगर उपप्रमुख तिवारीले कोसेली घर सञ्चालनका लागि आवश्यक बजेट तथा अन्य सहयोग गर्ने स्पष्ट पारेकी छिन ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य तथा वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले वालिङमा महिला उद्यमीहरुको सक्रियता निक्कै उत्साह जनक रहेको बताए । काम सानोबाट शुरु हुने भन्दै पौडेलले जति सक्दो धेरै उत्पादन गरेमा मात्रै कोसेली घर राम्रो र उत्कृष्ट हुने बताए ।
कार्यक्रममा वालिङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अर्जुन प्रसाद खनालले उत्पादन अनुकुल बातावरण बनाउनका लागि सबै सक्रिय हुनु पर्ने बताए । कार्यक्रममा महिला उद्यमी विकास समितिका उपाध्यक्ष मञ्जु केसी, सचिव तारा तिवारी, सदस्य मैय्यादेवी लम्साल लगायतले वालिङमा महिला उद्यमीहरुको अवस्था र उनीहरुको उत्पादनका बरोमा जानकारी गराएका थिए ।
वालिङमा सञ्चालन भईरहेको ‘हरित पुनःउत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’अन्तर्गत महिला उद्यमी विकास समितिको सक्रियतामा कोसेली घरको स्थापना गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार