देउवा-कोइराला विवाद गठबन्धनमा प्रवेश, घिमिरेको चुनौतिले प्रचण्डलाई तनाव
नेपालबहस संवाददाता
असोज १३, २०७९ बिहिबार १६:२:२२
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवार चयनमा एमलौटी गरेको भन्दै संस्थापनइतर पक्ष डा शेखर कोइराला समूहले राखेको असन्तुष्टि सत्ता गठबन्धनभित्र पनि प्रवेश गरेको छ । गठबन्धनमा अहिले सिट बाँडफाँडभन्दा सत्तारूढ दल कांग्रेसभित्र उत्पन्न विवाद मुल मुद्दा बनेको छ । कांग्रेसको असन्तुष्ट समूहले आफ्नै पार्टी र अन्य दलमाथि दवाव बढाएपछि गठबन्धनभित्रै यस विषयले प्रवेश पाएको हो ।
कोइराला समूहले गठबन्धनमा भइरहेको सिट बाँडफाँडमा आफ्नो समूहलाई नसमेटे गठबन्धनमा रहेका अन्य दललाई समेत नसघाउँने बताएपछि तरंग उत्पन्न भएको हो । चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको कोइराला समूहले पार्ने प्रभावबारे गठबन्धनका अन्य नेताहरूले पनि छलफल सुरु गरेका छन् ।
कोइराला समूहका नेता गुरुराज घिमिरेले गठबन्धनले आफ्नो पक्षलाई उचित स्थान नदिए चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बिरुद्ध उम्मेदवारी दिने चेतावनी दिएपछि प्रचण्डसमेत तनावमा परेका छन् । उनलाई हराउन एमालेले राप्रापाका उम्मेदवारलाई सघाउने बताइरहेका बेला घिमिरेले उनीबिरुद्ध उम्मेदवारी दिने चेतावनीपछि प्रचण्ड तनावमा रहेको बताइएको छ ।
कोइराला समूहका नेताहरुले पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका पार्टी नेता र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटेर छलफलसमेत गरेका छन् । बुधबार बिहान कांग्रेस महामन्त्री गगन थापाले खुमलटार पुगेर कांग्रेस विवाद र गठबन्धनमा पर्न सक्ने असरबारे प्रचण्डसँग छलफल गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसको आन्तरिक विवाद र निर्वाचनमा गठबन्धनको विषयमा चासो राखेका थिए । ‘पार्टीभित्रको आन्तरिक आयाम नमिलाईकन दलका बीचमा मात्रै गठबन्धन गर्दा त्यसले परिणाम नदिने’ थापाको भनाइ थियो । ‘पार्टीभित्रको आन्तरिक आयाम नमिलाईकन दलका बीचमा मात्रै गठबन्धन गर्दा त्यसले राम्रो परिणाम नदिने महामन्त्री थापाले बताएका थिए ।
भेटमा महामन्त्री थापाले गठबन्धनमा सहमति भएका भनिएका अधिकांश स्थान आफ्नो समूहले दाबी गरेका र जित्ने आधार भएका स्थान रहेकाले त्यसको असर निर्वाचनमा पर्न सक्नेतर्फ संकेत गरेका थिए । थापासँगको भेटमा प्रचण्डले आफूले यसबारे सभापति देउवासँग छलफल गर्ने बताएका थिए । थापाले भेटेपछि त्यसलगत्तै प्रचण्डले पनि सभापति देउवास्ँग भेट गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार