कांग्रेस संसदीय बोर्डको बैठक बालुवाटारमा जारी, उम्मेदवार चयनका विषयमा घम्साघम्सी !
नेपालबहस संवाददाता
असोज १३, २०७९ बिहिबार १९:३१:१४
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने जनाएपछि यसै विषयमा छलफल गर्न संसदीय बोर्डको बैठक बसिरहेको छ । प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा जारी बैठकमा उम्मेदवार छनोटबारे छलफल भइरहेको बताइएको छ ।
बैठकमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची सच्याउने र प्रत्यक्षतर्फ टिकट वितरणसम्बन्धी छलफल भइरहेको बैठकमा सहभागी एकनेताले जानकारी दिए । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २३ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उमेदवारी मनोनय दर्ता गराउनुपर्ने छ ।
कांग्रेसले पाँचदलीय गठबन्धन गरेसँगै बढीमा ८५ सीट पाउने पक्का जस्तै छ । तर, ३३० मध्ये प्रदेशतर्फ कति सीट पाउँछ एकिन छैन ।बैठकमा कहाँ कुन नेतालाई टिकट दिने भन्नेबारे पनि छलफल चलेको छ । पार्टीभित्र शेखर कोइराला समूहले सम्मानजनक सीट नपाए विद्रोहको चेतावनी दिइरहेको छ । सोही अनुरुप समूहले बुधबार पार्टी मुख्यालयमा धर्ना दिएको थियो । सीट बाँडफाँटमा एकलौटी भए विद्रोहको चेतावनी यो समूहले दिँदै आएको छ ।
देउवाले बुधबार मात्रै वरिष्ठ नेता शेखर कोइराला समूहले उठाएका मात्र सम्बोधन गरी पार्टीलाई निर्वाचनमा एक बनाएर लाने बताएका थिए । साेही अनुसार कोइराला समूहले पनि आफ्ना गतिविधि अगाडी बढाएको छ । सभापति देउवा गठबन्धनका दललाई मनाउने र पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेट्नुपर्ने दोहोरो दवावमा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार