दशैंभर खसी बोकाको मासु प्रतिकिलो ६ सय पाइने
नेपालबहस संवाददाता
असोज १३, २०७९ बिहिबार २१:४६:१३
१३ असोज, लमजुङ । राइनस नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ । चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुशी मूल्य लिने भएकाले मूल्यमा एकरुपता ल्याउन हाट बजारमा बिक्री हुने जिउँदो खसी, बोका प्रतिकिलो ६ सयमा बेच्न नगरपालिकाले मूल्य तोकेको हो ।
नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि ०७९ बमोजिम मूल्य निर्धारण समितिबाट खसीबोकाको जिउँदो मासुको मूल्य प्रतिकेजी ६ सय रुपैया निर्धारण भएको जनाएको छ ।
दसैँतिहार लक्षित गरी यहि १२ र १३ असोजमा राइनास नगरपालिका- १ बोराङखोला र वडा नम्बर ८ को भेटघाट चोकमा हाटबजार सञ्चालन हुने भएको छ । यस्तै वडा नम्बर ६ को गौलिटार बगैँचा र वडा नम्बर ४ कुसुन्डे बगैँचामा १४ र १५ असोज हाटबजार सञ्चालन हुने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिए ।
विगतका बर्षमा चाडपर्वको समयमा मासु व्यवसायीले मनलाग्दी मूल्य लिएको भन्दै नगरपालिकाले चाडपर्व लक्षित गरी मूल्य निर्धारण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार