कांंग्रेसमा अझै कचिङगल, कोइराला पक्षलाई के होला र देउवा पक्षलाई के गर्ने भन्नेमै चिन्ता
नेपालबहस संवाददाता
असोज १४, २०७९ शुक्रबार १५:४७:५
१४ असोज, काठमाडौं । समय घर्किँदै गइरहेका बेला नेपाली कांग्रेसभित्र विवाद मिलाउने मूलबिन्दु अझै भेटिएको छैन् । असन्तुष्ट पक्ष भनिएको कोइराला समूहले उठाएका माग सम्बोधन गर्न तयार भएका पार्टी सभापति शेरबहादुर देउवाले अझै अन्तिम निर्णय गर्न नसक्दा आगामी निर्वाचनका लागि उम्मेदवार चयनमासमेत अन्योलताबढेको छ ।
बुधबारको वार्तापछि बिहीबारदेखि कांग्रेसमा समानुपातिकतर्फको बन्दसूचीमा सहमति खोज्ने प्रयास जारी छ । बिहीबारको बैठकमा समानुपातिकतर्फको बन्दसूची परिवर्तन गर्न संस्थापन पक्ष सहमत भएको थियो । पार्टी पदाधिकारीको बैठकमा समानुपातिक सूचीमा शेखर कोइराला पक्षका केही नेतालाई राख्ने सहमतिसमेत भइसकेको नेताहरुको भनाइ छ ।
प्रदेशको भने अझै टुंगो लागेको छैन । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजसम्म प्रदेशतर्फको बन्दसूचीमा पनि सहमति जुट्नेछ । कोइराला समूहबाट कतिजना थप्ने भन्नेबारे संस्थापन पक्षले आज स्पष्ट पार्ने भएको छ । शेखर पक्षकले भने ४० प्रतिशत सिट पाउनुपर्ने अडान कायमै राखेको छ ।
निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा संस्थापन पक्षले एक्लौटी गरेको आरोप लगाउँदै शेखर पक्षले विद्रोहको चेतावनी दिएपछि संस्थापन पक्ष छलफलमा जुटेको हो ।
संस्थापन पक्षविरुद्ध आन्दोलन गर्दै आएको यो समूहले समानुपातिकतर्फको बन्दसूचीको वरीयतामा सुनिश्चितता र प्रतिशतमा लचकता अपाउने नीति अंगीकार गरेको छ । सूची हेरफेर गर्दा आफ्ना मान्छेको वरीयता अगाडि राख्न सके समानुपातिक सांसद बन्ने सम्भावना बढ्ने भएकाले इतर समूहले यसलाई प्राथमिकतामा राखेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार