सीट बाँडफाँडको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक, बिहीबारको निर्णयमा पुनर्विचार गर्नुपर्ने नेपालको माग
नेपालबहस संवाददाता
असोज १४, २०७९ शुक्रबार १६:२५:३६
१४ असोज, काठमाडौं । दलहरुले लिने सीट संख्याको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । सीट बाँडफाँटको अन्तिम टुंगो लगाउने गरी बैठक बस्न लागेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको लागि उमेदवारहरुको तय गर्ने भएको छ ।
पाँचदलबीच फरक फरक दाबी आएपछि सीट बाँडफाँटको टुंगो लामो समयदेखि लाग्न सकेको छैन । आजको बैठकले त्यसलाई टुंग्याउने नेताहरुको भनाइ छ । बिहीबारको बैठकले सीट बाँडफाँटको अन्तिम टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । आजको बैठकले कसले कति सीट लिने टुंगो लगाउने दाबी गरिएको छ ।
हिजोको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नो पार्टीलाई प्रस्ताव गरिएको सीटमा चित्त नबुझेपछि उनी बैठकको बीचमै उठेर हिँडेका थिए । एकीकृत समाजवादीले १६ सीट पाउने भनिएपछि उनी बीचमै बैठक छाडेर हिँडेका थिए । उनले याे निर्णय सच्याउनु पर्ने माग गरिरहेका छन् ।
हालसम्मको सहमतिअनुसार माओवादी केन्द्रले ४४ सीट पाउने भनिएको छ । नेपाली कांग्रेसले ८४ सीट लिने सहमति भएको खबर बाहिरिएपछि कांग्रेसभित्र पनि असन्तुष्टि चुलिएको छ । नेपाली कांग्रेसका एक शीर्ष नेताका अनुसार सप्तरी, पर्सा र कास्कीमा सहमति जुट्न अझै बाँकी छ । केही निर्वाचन क्षेत्रमा दोहोरो दाबेदारी रहेका कारण सहमति जुट्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार