दशैंको लागि कोका–कोला नेपाल र सन्तोष शाहको विशेष रेसिपी
नेपालबहस संवाददाता
असोज १४, २०७९ शुक्रबार १९:७:४८
१४ असोज, काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँगमिलेर दशैं विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दशैंमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु÷कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दसैंँको लागिअत्यन्तै उपयुक्त छन् ।
कोका–कोला बोतलको लेबलमा भएको त्तच् कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरु उपलब्ध हुनेछन्। यसको साथै उपभोक्ताहरुले आफुले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेरआफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् । यसरी भिडियो राख्ने मध्य ३ जना भाग्य शाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनि पाउन सक्नेछन् ।
उक्त सहकार्यको बारेमा बोल्दै सेफ सन्तोष शाहले भने, “दशैंको कुरा गर्ना साथ हाम्रा परम्परागत स्वादिला खानाहरुको पनि कुरा आइहाल्छ। यो वर्ष मैले कोका–कोलासँग मिलेर दशैंमा खाइने ५ विशेष परिकारहरुको रेसिपी यहाँँहरुलाई दिँदैछु । यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनिथपेको छु । आशा छ, यहाँँहरुले पनिआफ्नो प्रियजनहरुसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ। यसरी यी परिकारहरु बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमापनि राख्नुहोला ।”
यस्तै कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टर आदर्श अवस्थीले भने, “नेपालीहरु आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रति एकदमै गर्व गर्नुहुन्छ । त्यसैले वहाँँहरुको लागि मास्टर सेफ सन्तोष शाहसँगमिलेर दशैं विशेष परिकारहरुको रेसिपी प्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित छौँ । हामीलाई आशा छ वहाँँहरुले पनियी रेसिपीहरु बनाउनु हुनेछ र चिसो कोका –कोलासँग स्वाद लिनुहुनेछ ।” कोका–कोलाले यो वर्षको आफ्नो दशैं क्याम्पेनको एउटा भागको रुपमा मास्टर सेफ सन्तोष शाहसँग सहकार्य गरेको हो ।“सम्बन्ध उत्सव स्वादसँग”थिम राखिएको यो क्याम्पेनले दशैंको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्वित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार