धरमरमा सत्ता गठबन्धन, नेकपा एस र जसपालाई निल्नु न ओकल्नू !
नेपालबहस संवाददाता
असोज १५, २०७९ शनिबार १५:३०:५०
१५ असोज, काठमाडौं । विगत लामो समयदेखि सत्ता गठबन्धनका शीर्ष नेता र सीट बाँडफाँडका लागि गठन भएको गठबन्धन अन्तर्गतको कार्यदलको नियमित काम हो, बालुवाटारमा बैठक बस्नु तर निर्णयमा नपुग्नु । आगामी मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभामा भएका सीटको सत्तामा रहेका दलहरुबीच भागबण्डा मिलाउन उनीहरु निरन्तर छलफलमा छन् । तर, छलफल सकारात्मक भन्दा नकारात्मकतर्फ बढी केन्द्रित हुँदै गएको छ ।
पछिल्लो समय कांग्रेस विवादले पनि सत्ता गठबन्धनमा थप दवाव परेको छ । सीट संख्यामा कांग्रेस र माओवादीले हेपेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी असन्तुष्ट छन् । कांग्रेस विवाद कायमै रहे गठबन्धन गरेर पनि चुनाव जित्ने आस उनीहरुमा मरिसकेको छ । नेकपा एसको एक्लै जाँदा चुनावका कही सीट मात्रै जित्ने सम्भावना पनि छैन् भने गठबन्धनमा बस्दा अरुले छाडेर दिएका सीट मात्रै पाउने सम्भावना छ ।
सीट संख्या कम दिएको भन्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विगत चारदिनदेखि बैठकमा खुलेका छैनन् । उनी कम मात्र बैठकमा बस्ने गर्दै आएका छन् । कार्यदलमा रहेका उनका सदस्यहरुको हालत पनि यस्तै छ । अहिलेसम्म टुंगो नलागे पनि नेपाली कांग्रेस ८४ र नेकपा माओवादीले ४४ सीट लिने सहमति भएको नेताहरु बताउँछन् । राष्ट्रिय जनमोर्चाले २ सीट पाउने निश्चित छ । कांग्रेस विवादका कारण कांग्रेसको भागमा थप ६ सीट नथपि गरिएको भागबण्डाले अर्को समस्या निम्त्याउने निश्चित छ ।
यता, जनता समाजवादी पार्टी (जसपा) को पनि हालत उस्तै छ । उसले सीट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्टि पोखिरहेको छ । पाँच दलीय गठबन्धनको एकघटक जसपा सीट बाँडफाँटमा अन्याय गर्न लागिएको भन्दै असन्तुष्ट बनेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सीट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखिरहेका छन् । उनले गठबन्धनले दिने सीटभन्दा एक्लै चुनाव लड्दा बढी सीट जित्ने बताउँदै आएका छन् ।
यादवले धनुषा पुगेर जसपा गठबन्धनबिना चुनाव लड्न सक्षम रहेको धारणा राखिसकेका छन् । सीट बाँडफाँटमा मधेसी, जनजातिको सम्माजनक सम्बोधन भएन भने एक्लै चुनाव लड्ने उनको मनसाय छ । जसपाका अन्य नेताहरूले पनि अध्यक्ष यादवकै शैलीमा पार्टीले मधेसमा एक्लै चुनाव लड्ने चेतावनी दिइरहेका छन् । प्रतिनिधिसभामा मधेस प्रदेशका ३२ सीटमध्ये कम्तीमा १५ स्थान आफूहरूका लागि छुट्ट्याउनुपर्ने जसपाका नेताहरूको अडान छ ।
गठबन्धनमा रहेका अन्य दलहरू भने मधेस प्रदेशमा जसपालाई १५ सीट दिन तयार छैनन् । बढीमा १२ सीट जसपालाई दिने गठबन्धनको तयारी छ । मधेस प्रदेशमा जसपाको बटमलाइन भनेको १८ सीट हो । त्यसमा बढीमा २ देखि ३ सीट छाड्न सक्ने यादवले बताएका छन् । मधेस प्रदेशमा जसपाले एक्लै चुनाव लडे पनि कम्तीमा १५ सीट ल्याउने स्थानीयहरु पनि बताउँछन् । जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि मधेस हो ।
पछिल्लो समय लोसपाका केन्द्रीय नेताहरू एकएक गरी एमालेमा प्रवेश गरिरहेका छन् । केन्द्रीय नेताहरू एमालेमा प्रवेश गरे पनि तल्लो तहका कार्यकर्ताहरू धमाधम जसपामा प्रवेश गरिरहेको नेताहरूको दाबी छ । तल्लो तहमा लोसपाका कार्यकर्ता धमाधम जसपामा प्रवेश गरिरहेकाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जसपाको अवस्था पहिलेको भन्दा झन् बलियो हुने नेताहरूको विश्लेषण छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार