सत्ता पक्षका कमजाेरीदेखि पाँच दलका असन्तुष्ट समूहलाई उपयोग गर्न ओलीले बनाए पाँच रणनीति
नेपालबहस संवाददाता
असोज १५, २०७९ शनिबार १६:२१:४७
१५ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा एकल बहुमतका लागि सर्वपक्षीय असन्तुष्टlहरुलाई अधिकतम उपयोग गर्ने रणनीति बनाएको रहस्य खुलेको छ । एमालेले सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेसको विवाbलाई समग्र देशभरी उपयोग गर्ने रणनीति बनाएको हाे ।
सत्ता गठबन्धनमा रहेका अन्य दलहरु नेकपा माओवादीबाट टिकट नपाएर असन्तुष्ट बनेकाहरुलाई भरसक पार्टीमा प्रवेश गराउने, नेकपा एकीकृतबाट सकेसम्म नेता र कार्यकर्ता तान्ने र जनता समाजावदीले गठबन्धनमा देखाएको असन्तुष्टिलाई मधेशमा अधिकतम उपयोग गर्ने रणनीति बनाएको छ । एमाले अध्यक्ष केपी ओलीले सचिवालय बैठकमा नै सबै नेताहरुलाई सबै क्षेत्रका असन्तुष्टिलाई अधिकतम उपयोग गर्न निर्देशन दिएका छन् ।
एमाले निकट स्रोतका अनुसार उसले सत्ता गठबन्धनभित्रको असन्तुष्टिलाई अधिकतम उपयोग गर्ने नीति लिएको हो । सोहीअनुसार कांग्रेसको शेखर कोइराला र गगन थापा समूहसँग संवाद बढाउने, उक्त समूहबाट विद्रोही उठे सघाउने र चुनावमा आपसमा मत साटासाटा गर्नेसम्मको रणनीति एमालेको छ । स्रोतले कांग्रेसको असन्तुष्ट समूहका नेताहरू अहिले पनि एमाले नेतृत्वसँग संवादमा रहेका छन् ।
यसबाहेक टिकटलाई लिएर गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाभित्र उत्पन्न हुनसक्ने असन्तुष्टिलाई पनि उपयोग गर्ने एमालेको रणनीति छ । सीट बाँडफाँट र उम्मेदवार चयनले गठबन्धनमा रहेका दलहरूभित्र व्यापक असन्तुष्टि देखिने एमाले अध्यक्ष ओलीको मूल्यांकन छ ।
कांग्रेसको कोइराला–थापा समूहले समानुपातिक बन्दसूचीमा असन्तुष्टि राख्दै संस्थापनविरुद्ध पार्टी मुख्यालयमा धर्नासम्मको आन्दोलन गरिसकेको छ । सार्वजनिक रूपमा अभिव्यक्ति नदिए पनि सूचीलाई लिएर माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाभित्र पनि असन्तुष्टि छ । गठबन्धनभित्र असन्तुष्ट समूहले अर्को दलका उम्मेदवारलाई भोट नदिने आंकलन एमाले नेताहरूको छ । त्यसको फाइदा आफूलाई हुने र गठबन्धन दलले जित्ने सीट संख्या घट्ने विश्लेषण औली रहेका छन् ।
उनले गठबन्धनलाई जनताले रुचाएनन् भन्ने कुरा स्थानीय चुनावमा देखिएको भन्दै अहिले सीट बाँडफाँटले कांग्रेस, माओवादी र एकीकृत समाजवादीभित्र असन्तुष्टि व्यापक बनाउने र आफ्नो उम्मेदवार नहुँदा कांग्रेसका मतदाताले माओवादी वा अर्को दललाई भोट नदिने तर्क एमालेको छ ।
ओलीले टिकट नपाउने अवस्थाकै कारण माओवादी छाडिसकेका नेता र एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूलाई एमालेमै फर्काउने क्रम जारी राख्न नेताहरुलााई निर्देशन दिएका छन् । दुइदिन अभिमात्र एकीकृत समाजवादी डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्व पर्यटनमन्त्री नन्दसिंह बुढा एमालेमा फर्किएका छन् । केही दिनअघि एकीकृत समाजवादीका अछाम जिल्ला कमिटी अध्यक्ष हिरण्य भट्टराई र पाल्पाका नेताहरू पनि एमालेमा फर्किएका थिए ।
मत र सीट बढाउन चौतर्फी कोशिस गरेको एमालेले अहिले सबैभन्दा बढी ध्यान मधेश प्रदेशमा लगाएको छ । मधेशमा विभिन्न दलका असन्तुष्ट नेता–कार्यकर्तालाई भित्र्याउने, जनाधार भएका र चुनाव जित्ने सम्भावना रहेका नवप्रवेशीलाई टिकटमा प्राथमिकता दिने एमालेको योजना छ । एमालेले अहिले मधेसमा पार्टी प्रवेश अभियान नै चलाएको छ ।
कतिपयलाई एमालेको सूर्य चिह्नबाट उठाउने अर्को रणनीतिमा पनि ओली लागेको बताइएको छ । मधेसका आठ जिल्लाका ३२ सीटबाट कम्तीमा १२ देखि १५ सीटमा जित निकाल्ने एमालेको योजना छ । यसबाहेक उसले लोसपा र राप्रपासँग तालमेलका लागि संवाद जारी राखेको छ । पहिला ती दलका असन्तुष्टलाई भित्र्याउने र थोरै सीटमा मात्रै तालमेल गर्ने एमालेको योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार