‘म कांग्रेसलाई मात्र भोट माग्छु, गठबन्धनलाई माग्दिन’: डा.पोखरेल
नेपालबहस संवाददाता
असोज १५, २०७९ शनिबार १६:४२:३४
१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले आफुले जिल्लामा गठबन्धनका उम्मेदवारलाई भोट नमाग्ने घोषणा गरेका छन् । गृह जिल्ला प्युठानबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका नेता पोखरेलले सामाजिक सञ्जालमार्फत आफूले कांग्रेसका उम्मेदवारका लागि मात्रै भोट माग्ने बताएका हुन् ।
सत्ता गठबन्धनका दलहरूबीच प्युठानमा प्रतिनिधिसभातर्फको सीट राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको खबर सार्वजनिक भएपछि पोखरेलको यस्तो प्रतिक्रिया आएको हो । यस क्षेत्रमा टिकट दाबी गरेका कांग्रेस नेता पोखरेलले राष्ट्रिय जनमोर्चाले टिकट पाए आफूले गठबन्धनको पक्षमा भोट नमाग्ने घोषणा गरेका हुन् ।
२०७४ को चुनावमा बाम गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलसँग पराजित भएका पोखरेलले अहिले फेरि उनै पौडेल गठबन्धनको उम्मेदवार हुने चर्चाले आफू उम्मेदवार हुन पाउनेमा प्रश्नचिह्न खडा भएको उल्लेख गरेका छन् । ‘यदि बाहिर आएका गठबन्धनका समाचार सही भएमा म प्युठानी जनताका बीच रुख चिह्नमा पार्टी र पार्टीका उम्मेदवारलाई मात्र मत माग्न आउनेछु, नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन विनम्र अनुरोध गर्दछु,’ डा. पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
अघिल्लो चुनावमा ६४ वटा वडा मध्ये ६३ वडामा पुगेको उल्लेख गर्दै पोखरेलले यसपटक पनि आफूलाई प्यूठानमा संघीय उम्मेदवार होस् भन्ने धेरै शुभेच्छुक र साथीहरुको चाहना रहेको पोखरेलले लेखेका छन् । ‘शुभेच्छुकहरुको प्रस्तावप्रति पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छु तर प्रस्तावलाई सकारात्मकरुपले लिएर उपायहरु खोज्दै छु,’ उनले लेखेका छन् ।
स्थानीय तहको नतिजा अनुसार प्यूठानमा एमालेले ३९ हजार ८७७, कांग्रेसले २१ हजार ५४६, माओवादीले १७ हजार १६३, जनमोर्चाले १३ हजार ६१२ र समाजवादीले एक हजार ४१७ मत पाएका छन् । पोखरेल पार्टीभित्र शेखर कोइराला पक्षका हुन् ।
उनको यो भनाइले पनि कोइराला समूहका माग पुरा गराउन सभापति शेरबहादुर देउवाले कदम नचाले गठबन्धनलाई चुनाव जित्न कठीन हुने देखिएको छ । स्थानीय चुनावपछि एमालेले विभिन्न पार्टीबाट पाँच हजार जनालाई एमालेमा प्रवेश गराएको दाबी गरेको छ । प्युठानमा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका जिल्ला इन्चार्ज सूर्य थापालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार