नेपालका लागि राजदूत फेर्दै चीन, बाम एकतामा असफल यान्छीलाई आसियानको जिम्मेवारी
नेपालबहस संवाददाता
असोज १५, २०७९ शनिबार १७:४७:५०
१५ असोज, काठमाडौं । चीन सरकारले नेपालका लागि नयाँ राजदूत पठाउने भएको छ । बाम शक्ति एक गराउन असफल भएकी नेपालका लागि हाल चिनियाँ राजदूत रहेकी होउ यान्छीलाई आसियान देशहरुको संगठन हेर्ने जिम्मेवारी दिइएको छ । यान्छीले आगामी डिसेम्बरदेखि दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने बताइएको छ ।
नेपालका लागि नयाँ चिनियाँ राजदूतको नाम टुंगो नलागे पनि यान्छी नेपालबाट चाँडै बिदा हुने भएकी छन् । नेपालमा रहँदा उनलाई नेपालका कम्युनिष्टहरु एक बनाउने जिम्मेवारी पाएकी थिइन् । तर, उनी यसमा पूर्ण असफल भएपछि चीन सरकारले यान्छीलाई यसअघिनै फिर्ता बोलाउने तयारी गरेको थियो । यद्यपि उनले यो भन्दा ठूलो जिम्मेवारी पाएकी छन् ।
चीन सरकारले उनलाई २०१७ डिसेम्बरमा नेपालका लागि राजदूत बनाएर पठाएको थियो । तत्कालिन नेकपाको विवाद र विभाजनका समयमा यान्छीले पुनः एकताका लागि सक्रिय भूमिका निभाएकी थिइन् । नेकपाको विवादमा यान्छीले चासो मात्रै नराखे र विभाजन रोक्न शीर्ष नेताहरूलाई भेटेर चिनियाँ सरकारको सुझाव र आग्रह सुनाउने गरेकी थिइन् ।
उनले सन् १९९८ देखि २००१ सम्म पाकिस्तानस्थित चिनियाँ दूतावासको जिम्मेवारी सम्हालेकी थिइन् । यान्छीले चीनको विदेश मन्त्रालयमार्फत यासियान क्षेत्र हेर्दै आएकी थिइन् । यसैले पनि हाल उनलाई सो क्षेत्रको जिम्मेवारी दिइएको हो । यान्छी गएपछि नेपालका लागि चीनले कस्तो राजदूत पठाउँछ भन्ने एकिन भने भएको छैन् । नेकपा विभाजन पछि पुनः एक गराउन उनले चिनियाँ नेताहरुलाई नेपाल भ्रमणमा बोलाउने काम गरेकी थिइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार