दशैंको बिदामा बहिरङ्गबाहेकका सेवा नियमित संचालन हुने
नेपालबहस संवाददाता
असोज १६, २०७९ आइतबार १५:१९:३
१६ असोज, चितवन । दशैंको बिदामा यहाँका अस्पतालले सेवालाई नियमित गर्ने भएका छन् । प्रायः अस्पतालले बहिरङ्गबाहेकका सम्पूर्ण सेवा नियमित सञ्चालन गर्ने भएका हुन् । केही अस्पतालले भने दशैंको टीकाको दिनबाहेक अन्य दिनमा बहिरङ्ग सेवा समेत नियमित सञ्चालन गर्दैछन् ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बहिरङ्ग सेवाबाहेकका अन्य सबै सेवा नियमित सञ्चालन हुने जानकारी दिए । बहिरङ्गको अत्यावश्यक खोप, ड्रेसिङलगायतका सेवा भने टीकाको दिनबाहेक अन्य दिन सञ्चालन हुने उनको भनाइ छ । सोका लागि हरेक दिन बिहान ९ देखि १० बजेसम्म सेवा सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
यसबाहेकका अन्य सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालनमा आउने छन् । पौडेलका अनुसार प्रसूतिलगायतका विभागमा विशेषज्ञ चिकित्सकले पालो मिलाएर सेवा दिने छन् । चितवन मेडिकल कलेजले टीकाको दिनबाहेक अन्य दिनमा बहिरङ्ग सेवासमेत दिने भएको छ । कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार टीकाको दिनमा बहिरङ्ग सेवा हुँदैन भने अन्य सबै सेवा सो दिनमा पनि सञ्चालन हुनेछन् ।
फूलपातीको दिनबाट टीकाको भोलिपल्टसम्म बहिरङ्ग सेवा बिहान ८ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए। सबै विभागमा विशेषज्ञ चिकित्सकले पालो मिलाएर सेवा दिने उनको भनाइ छ । दशैंको समयमा दुर्घटनाका बिरामी बढी आउने भएकाले मेडिकल कलेजले आकस्मिक र ट्रमा सेन्टरमा विशेष व्यवस्था गरेको छ ।
कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पताल ‘पुरानो मेडिकल कलेज’ का उपनिर्देशक डा. राजेश यादवका अनुसार बहिरङग बाहेकका सबै सेवा दशैं बिदाभर पनि सञ्चालन हुनेछन् । फूलपातीको दिनदेखि टीकाको भोलिपल्टसम्म बहिरङ्ग सेवा बन्द भए पनि आकस्मिक सेवाबाट बिरामीलाई उपचार व्यवस्था गरिएको छ । उनले भने, “बहिरङ्गबाहेक अन्य सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालन हुन्छन् ।”
यस्तै निजी केही अस्पतालले दशैंको बेलामा उपचारको विशेष व्यवस्था गरेका छन् । मौलाकालिका अस्पतालले टीकाको दिन टीका लगाउने समयबाहेक अन्य समयमा पूर्ववत् अवस्थामा सबै सेवा दिने जनाएको छ । अस्पतालका प्रबन्ध निर्देशक डा केशव भुर्तेलका अनुसार चिकित्सकले पालो मिलाएर उपचार सेवा दिने व्यवस्था मिलाइएको छ । उनका अनुसार अधिकांश विभागमा तीन जना विशेषज्ञ चिकित्सक र धेरै स्थानीय भएकाले सेवा रोक्न नपरेको हो ।
भरतपुर आँखा आकस्मिक सेवा सञ्चालन गर्ने जनाएको छ । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार आँखामा चोटपटक, धुलोलगायतबाट हुने चोटको आकस्मिक उपचार गर्नु परेमा अस्पतालले सेवा दिनेछ ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक र अन्तरङ्ग सेवा सञ्चालनमा रहने छन् । सूचना अधिकारी जिएन महतोका अनुसार अन्य विभागले दशैं बिदाअघि र पछि सेवा दिने गरी तालिका बनाएर उपचार व्यवस्था गरेका छन् । जिल्लामा बिदाको समयमा समेत उपचार हुने भएपछि छिमेकी जिल्लाबाट समेत उपचारका लागि आउने गर्दछन् । राजधानी बाहिर सबै खालका उपचारका लागि देशैभरबाट यहाँ बिरामी आउने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
इङल्याण्डमाथि शानदार जित निकालेको नेपालले भोली अस्ट्रेलियासँग खेल्ने
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार