कांग्रेसका प्राय नेताको फोन स्वीचअफ : समानुपातिकमा सहमति जुटेको हल्ला,निर्णय आउन बाँकी
नेपालबहस संवाददाता
असोज १६, २०७९ आइतबार १९:१६:५३
१६ असोज, काठमाडौं । लगातारको बैठकले गर्दा नेपाली कांग्रेस नेताहरुको फोन अफ छ । आज आइतबार बन्दसूच सच्याउने अन्तिम दिन । बालुवाटार निकट स्रोतहरुले जनाए अनुसार समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको छ । सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।
कांग्रेसमा सीट संख्यामा विवाद भएपछि केही दिन यता ठूलै लफडा उत्पन्न भएको थयो । असन्तुष्ट भनिएको डा. शेखर कोइराला समूका माग सम्बोधन गर्न लगातार २४ घण्टा बसेको संसदीय बैठकले सहमति जुटाएको बताइएको छ । सहमति अनुसारको संशोधित सूची निर्वाचनमा आयोगमा बुझाइनेछ । नेपाली कांग्रेसका एक पदाधिकारीका अनुसार सहमति कसरी जुट्यो र संशोधित सूची कस्तो बन्यो भन्ने सार्वजनिक हुन बाँकी छ ।
एक उच्च तहका नेताका अनुसार संशोधन गरिएको सूची सभापति देउवाले भनेजस्तै पनि नभएको र नेता शेखर कोइराला समूहले भने जस्तो पनि नभएको बताए । निर्वाचन आयोगमा यसअघि बुझाइएको समानुपातिकको बन्दसूची सच्याउन आज साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
सूची संशोधनको क्रममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम यसअघिको क्रमसंख्याभन्दा तल सारिएको एक नेताले बताए । आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो । तर तल सारेर कति नम्बरमा राखियो भन्ने कुरा भने ती नेताले खुलाएनन् ।
यसैगरी अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम बन्द सूचीबाट हटेको छ । यसअघि उनको नाम ३६ औं नम्बर थियो । शेर्पा आफैंले आफ्नो नाम सूचीबाट हटेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले बन्दसूचीमा असहमति जनाउँदै संशोधनका लागि दबाव दिएको थियो । यसअघि नेपाली कांग्रेसले बुझाएको १०९ जनाको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्र परेका थिए । ती १३ जनालाई कम प्राथमिकता दिएर पुछारतिर राखिएपछि कोइराला पक्ष रुष्ट थियो । कोइराला पक्षले ४० प्रतिशत सहभागिता हुनुपर्ने माग गर्दै दबाव सिर्जना गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार