कांग्रेसले बुझायो निर्वाचन आयोगमा समानुपातिक बन्दसूची,समिक्षा गर्दै कोइराला समूह
नेपालबहस संवाददाता
असोज १६, २०७९ आइतबार १९:३१:०
१६ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार चयनको विषयलाई लिएर पार्टीभित्रको विवाद सुल्झाउँदै समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले संशोधित बन्दसूची आयोगमा बुझाएको जानकारी दिएका छन् ।
बन्दसूचीमा आmफ्नो पक्षका कति परे भनेर अहिले समिक्षा गरिरहेको छ । मुख्यसचिव पौडेलका अनुसार पार्टीभित्र प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीमा रहेका नेताहरूको नामबारे भएको विवाद समाधान भएको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी बसेर बन्दसूची संशोधन गरिएको उनको भनाइ छ ।
’समानुपातिकको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छौं,’ उनले भने, ’कांग्रेसभित्र देखिएको पछिल्लो विवाद पनि समाधान गरेर संशोधनसहित समानुपातिक बन्दसूची बुझाइसकेका छौं ।’
कांग्रेसको समानुपातिक बन्दसूचीमा प्रधानमन्त्री तथा सभापति देउवाकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य आरजू राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य मञ्जु खाँण, प्रवक्ता प्रकाशशरण महत, पदाधिकारीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, नेता विमलेन्द्र निधी, आनन्दप्रसाद ढुंगाना, चन्द्रमोहन यादव, अनील रुंगाटालगायतको नाम थियो ।
महिलातर्फ राणा पहिलो नम्बरमा थिइन् । समानुपातिक सूचीमा आफ्नो पक्षका नेताहरूलाई प्राथमिकतामा नराखेको भन्दै शेखर कोइराला समूह विरोधमा उत्रिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार