कांग्रेस र एमालेसहित ३६ दलले निर्वाचन आयोगमा बुझाए संशोधित बन्दसूची
नेपालबहस संवाददाता
असोज १६, २०७९ आइतबार १९:४३:११
१६ असोज, काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीसहित ३६ दलले निर्वाचन आयोगमा बन्दसूची बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलहरूले आइतबार समानुपातिक प्रणालीतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको निर्वाचन आयोगले जनाएको छ ।
सूची पेस गर्दा समानुपातिक र समावेशी सिद्धान्तबमोजिम रित पुगेका आवश्यक कागजात अनिवार्य रूपमा पेस गर्न आयोगले दलहरूलाई पत्राचार गरेको थियो । पत्राचार गरेकामध्ये शनिबार ३६ दलले बन्दसूची पेस गरेको आयोगले जनाएको छ । समानुपातिकतर्फका लागि आयोगमा ४८ दल दर्ता छन् ।
आयोगका प्रवक्ता गुरु वाग्लेले आइतबार कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा, लोसपा, राप्रपा र नेमकिपालगायत दलले बन्दसूची पेस गरेका छन् । आयोगका अनुसार आइतबार सच्याउने अन्तिम दिन १२ दललाई बन्दसूची पेस गर्न पत्राचार गरिएको छ । यसबाहेकका दलले बन्दसूची सच्याएर बुझाइसकेका थिए ।
आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि ४ देखि ९ असोजसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको थियो । सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने समयसीमा थियो ।
संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा १७ असोजको बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने, सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने, २० देखि २२ असोजको ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्काे उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यतालिका छ ।
प्रतिनिधिसभातर्फ ६४ एकल र १२ दलबाट चार संयुक्त निवेदनसहित ७६ दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका थिए । तर, प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ४८ दलले बन्दसूची बुझाएका थिए।
०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनमा समानुपातिकतर्फ ५५ राजनीतिक दलले निवेदन पेस गरेकोमा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको ४९ दलले मात्र उम्मेदवारको बन्दसूची पेस गरेका थिए ।
यस्तै, यही २२ असोजमा उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, २३ देखि २९ असोजसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधका लागि निवेदन दिने, ३० असोजमा दाबी विरोधको निवेदनमाथि जाँचबुझ गरी निर्णय लिने, ८ कात्तिकमा बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र ९ कात्तिकमा उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यतालिका छ।
आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २३ असोजमा उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ देखि २५ असोजसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ। यस्तै, २५ असोजमा उम्मेदवारको नामावली प्रकाशन गर्ने र २६ असोजमा उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार