मोरङ २ बाट टिकट नपाएका मिनेन्द्रको आक्रोस,देउवाको विवेक परीक्षण भएका टिप्पणी
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार १७:९:३८
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले टिकट वितरणमा पार्टी सभापति शेरबहादुर देउवाको विवेकको परीक्षण भएको बताएका छन् । २०७४ मा मोरङ २ बाट निर्वाचित सांसद रिजाल यो पटक पनि उम्मेदवार बन्ने दौडमा थिए । तर सभापति देउवाले सुजाता कोइरालालाई टिकट दिएका छन् ।
पूर्वमन्त्री समेत रहेका रिजालले भने आफूलाई टिकट नदिएको औपचारिक जानकारी पार्टीले नदिएको, तर सुजाताले टिकट पाएको सञ्चारमाध्यमबाट थाहा पाएको नेपालबहसलाई बताए । उनले सुजाताप्रति कुनै गुनासो नएको भन्दै उनी अफ्नो साथी नै भएको बताए ।
तर आफूले टिकट नपाउनुबाट देउवाको विवेकको परीक्षण भएको रिजालको प्रतिक्रिया छ । ‘मैले के भन्ने ? उहाँबाट यस्ता काम हुनसक्छ भनेर देउवा होइन, अरु नै सभापति हुनुपर्छ भनेर उभिएको हुँ’, उनले भने, ‘मैले टिकट पाउने÷नपाउने भन्दा कांग्रेसमा नेतृत्वमाथि औंला उठाउने अधिकार नहोला कि भन्ने चिन्ता बढेको छ ।’
अब स्वतन्त्र उम्मेदवारी दिने हो ? भन्ने प्रश्नमा कांग्रेस नेता रिजालले भने, ‘२०२५ सालमा बीपी कोइराला जेलबाट छुट्दा विमानस्थलमा स्वागत गरेदेखि कांग्रेसमा ५४ वर्ष भयो । कांग्रेसको माथिल्लो नेतृत्व बिग्रिए पनि आम कार्यकर्ताप्रति विश्वास छ, यो पार्टीलाई अझै बनाउन सकिन्छ भन्ने विश्वास छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार