ठूला नेताले कहाँबाट गराउँदै छन् मनोनयन दर्ता ?
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार १८:०:५५
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरुले चुनावी मनोनयन दर्ताका लागि कोही आफैं सहभागी छन्, कसैले वारेस पठाएका छन् ।
आसन्न चुनावका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी मनोनयनपत्र उनकी पत्नी आरजु राणाले दर्ता गराउँदैछिन् । कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी उनले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको मनोनयनपत्र दाखिला गराउन डडेलधुरा पुगेको बताइएको छ ।
एमाले अध्यक्ष केपी ओली आज दिउँसो २ बजे मनोनयन दर्ता गराउन झापा गइसकेका छन् । ओलीको सचिवालयका अनुसार उनले आफैं उपस्थित भएर उम्मेदवारी मनोनयन गराउने कार्यक्रम छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा २ बाट मनोनयन दाखिला गराउन यसअघि त्यहाँबाट चुनाव जित्दै आएका बाबुराम भट्टराईलाई साथै लगेर गएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार