आरजुले छाडेको कैलाली–५ मा कांग्रेका दुई नेताले दिए स्वतन्त्र उम्मेदवारी
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार १९:२:३८
२३ असोज, धनगढी । प्रधानमन्त्री पत्नी आरजु देउवाले छाडेको कैलाली ५ मा नेपाली कांग्रेसका दुई नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कैलाली–५ मा पुष्करनाथ ओझाले प्रतिनिधिसभा र कांग्रेस महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले क्षेत्र नम्बर–५ (ख) का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
दुई नेताले कैलाली–५ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । पुष्करनाथ ओझालाई कांग्रेसले कारबाही गरेको छ । कैलाली–५मा गठबन्धनबाट नेपाली कांग्रेसका नेता डिल्लीराज ओझा र एमालेबाट नारदमुनि राना उम्मेदवार छन् ।
४ मंसिरमा हुने चुनावमा कैलाली–५ का मतदाताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न चुनाव लड्ने पुष्करनाथ ओझाले जनाएका छन् । नेपाली कांग्रेसको राजनीतिमा २०३४ सालदेखि क्रियाशील रहेका ओझालाई कारबाही गरिएको थियो ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कैलाली–५ को प्रतिनिधि सभाका लागि ईश्वरी विष्टले पनि मनोनयन दर्ता गराएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार