एक सीट पनि नपाएपछि कञ्चनपुरमा नेकपा एसले गठबन्धनसँग मित्रवत प्रतिष्पर्धा गर्ने
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार १९:१२:१४
२३ असोज, धनगढी । कञ्चनपुमा सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय गरेको नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा मित्रवत प्रतिष्पर्धा गर्दै आफ्ना उम्मेदवारलाई प्रतिष्पर्धामा उत्रार्ने भएको छ ।
प्रतिनिधिसभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्रमध्ये एउटा पनि सिट नपाएपछि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको छ । गठबन्धनमा दाबी रहेको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २(ख) र ३(क) मा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएको छ ।
सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीबाट टिकट नपाएपछि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल र पूर्व सामाजिक विकासमन्त्री लालबहादुर खड्का गठबन्धनविरुद्ध बागि उम्मेदवार बन्ने भएका छन् ।
रावल क्षेत्र नम्बर ३(क) र खड्का क्षेत्र नम्बर २(ख) मा चुनाव लड्ने छन् । ‘गठबन्धनबाट कञ्चनपुरमा एउटा सिट पाएनौँ, हाम्रो दाबी रहेको क्षेत्रमा उम्मेदवारी दिन्छौँ,’ आर्थिक मामिलामन्त्री रावलले भने, ‘कांग्रेस र माओवादीसँग मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’
सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीले ३ (क) र ३ (ख) मा अन्तिमसम्म दाबी गरेको थियो । प्रदेश सभा ३(क) मा सत्तारुढ गठबन्धनबाट माओवादीका संविधानसभा सदस्य टेकेन्द्रप्रसाद भट्ट र २ (ख) मा कांग्रेसका नेता पूर्व संविधान सभा सदस्य बहादुरसिंह थापाले टिकट पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार