टिकट नपाएको झोँकमा कांग्रेस नेता पौडेलले गरे पार्टी परित्याग
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार १९:४५:४०
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टी परित्याग गरेका छन् । उनले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको विवेकमा प्रश्न उठाएर राजीनामा बुझाएका छन् । उनले कांग्रेसको सदस्य समेत नरहने गरी राजीनामापत्र बुुझाएका हुन् ।
सभापति देउवालाई सम्बोधन गरेर कांग्रेसको इमेलमा राजीनामापत्र पठाएको उनले जाकारी दिएका छन् । आफुले ४४ वर्षसम्म नेपाली कांग्रेसमा खर्चिएको र १२औँ महाधिवेशनदेखि लगातार देउवाको टिममै रहँदा पनि टिकट नपाएको बताएका छन् ।
टिकट वितरणमा सभापति देउवाको विवेक नदेखिएको भन्दै उनले विवेकहीन निर्णय गर्ने मान्छेको नेतृत्वमा पार्टी चल्न नसक्ने उल्लेख गरेका छन् ।
पोडेलले महामन्त्री वा पार्टीका अरू कोही व्यक्तिसँग आफ्नो कुनै गुनासो नरहेको भन्दै सभापति देउवाकै कारण पार्टी छाड्ने निर्णयमा पुगेको बताएका छन् । उनले देउवामाथि आरोप लगाउँदै कांग्रेसमा नरहने गरी राजीनामा बुझाएको बताएका छन् । आगामी दिनमा पनि राजनीतिमा सक्रिय नै रहने उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार