चितवन ३ मा कांग्रेस नेता दिनेश कोइरालाद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार २०:२९:०
२३ असोज, चितवन । चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको छ ।
माओवादीबाट डा. भोजराज अधिकारीले उम्मेवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चर्चा थियो । उनी गोरखा २ मा गएपछि माओवादीले अधिकारीलाई उठाएको हो । तर, कांग्रेस चितवनले भने माओवादीलाई नछाड्ने भन्दै कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
कोइराला यसअघि पनि भरतपुर महानगरपालिकामा मेयरमा उठ्ने तयारीमा थिए । कांग्रेसले अन्तिममा उनको टिकट खोसेर प्रचण्डकी छोरी रेनु दाहाललाई समर्थन गरेको थियो । चितवन ३ मा कांग्रेसका बागी जगन्नाथ पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
चितवन ३ बाटै एमालेले जिल्ला अध्यक्ष रामकुमार न्यौपानेलाई उम्मेदवार बनाएको छ । यसअघि सो निर्वाचन क्षेत्रमा एमालेले राप्रपाका विक्रम पाण्डेलाई सघाउने सहमति भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार