निर्वाचनपछिको प्रधानमन्त्रीमा कांग्रेसका कोइराला र थापाको दावी
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार २२:४८:५४
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला र महामन्त्री गगन थापाले निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्ने दावी गरेका छन् । आइतबार प्रतिनिधिसभा सदस्य उम्मेदवारको मनोनयन दर्तापछि दुवै नेताले आगामी प्रधानमन्त्रीको दावी गरेका हुन् ।
कोइरालाले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरे । निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनय दर्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै कोइरालाले आफू यस पटकको निर्वाचनमा विजय भएपछि प्रधानमन्त्री बन्ने बताएका हुन् ।
‘तीन पटकसम्म चुनाव जितिसकेको छु । यस क्षेत्रका जनताले मलाई विश्वास गरेका छन्’ उनले भने,‘यो चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी बढ्ने छु । पार्टी भित्रपनि मैले सोही अनुसार कुराकानी गरेको छु ।’
यस्तै कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनपछि सरकारको मूल नेतृत्वको दाबी गर्ने बताएका छन् । काठमाडौं ४ बाट उम्मेदवार दर्तापछि पत्रकारसँग कुरा गर्दै सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने उनले बताएका हुन् । उनले भने, ‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला ।’
निर्वाचन क्षेत्रका नियमित दायित्वका विषयसँगै सरकार तथा पार्टीको मूल नेतृत्व दाबी गर्ने समय आफ्नो लागि आएको उनले बताए । जोश र आवश्यक अनुभव भएकाले मूल नेतृत्वमा दाबी रहेको उनले बताए । काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई पहिचान दिएको उल्लेख गर्दै थापाले यो ठाउँबाट प्रतिनिधित्व गर्न पाउँदा गौरव लागेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरुलाई सेतो छडी सहयोग
पुष २९, २०८१ सोमबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार