कांग्रेस नेता डा.कोइरालाद्वारा उम्मेदवारी दर्ता, निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन आग्रह
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार २३:४:३४
२३ असोज, विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मनोनयन दर्ता गराएका छन् । मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदका लागि उनले आज अपराह्न ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि मनोनयन दर्ता गराएका हुन् ।
कोइरालासँगै मोरङ निर्वाचन क्षेत्र नं ६ (ख) का लागि प्रदेशसभा सदस्यका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पनि मनोनयन दर्ता गराएका छन् । डा कोइरालाले गठबन्धनको नेतृत्व गरेको कांग्रेसकै नेतृत्वमा बनेको सरकारले निर्वाचन पनि गर्ने भएकाले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुने विश्वास व्यक्त गरे ।
निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आपसी सल्लाह, रणनीति र समन्वय हुने भन्दै डा कोइरालाले भने, ‘आसन्न निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । पार्टीको जग बसाल्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको विरोध गरेको हो, प्रतिनिधिसभा र प्रदेशसभाका लागि होइन, आसन्न निर्वाचनमा हामी हाम्रो गठबन्धनसँग मिलेर जाने हो ।” यसैगरी, मोरङ निर्वाचन क्षेत्र नं ६ का लागि प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा (एमाले)का नेता लालबाबु पण्डितले पनि आफ्ना मनोनयन दर्ता गराएका छन् ।
उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै जनताका चाहना अनुसार आफूले काम गरेकाले जनताले आफुलाई रुचाउने विश्वास व्यक्त गरे । जनताका चाहना नै मेरो निर्वाचनको एजेण्डा भएकाले आफू यस क्षेत्रको अब्बल उम्मेदवार भएको उनले प्रष्ट पारे ।
साथै, मोरङ निर्वाचन क्षेत्र नं ५ (ख)बाट प्रदेशसभा सदस्य पदका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मनोनयन दर्ता गराएका छन् । छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारको मनोनय दर्ताको काम भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरुलाई सेतो छडी सहयोग
पुष २९, २०८१ सोमबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार