एउटै वडाका तीन नेता प्रदेशसभाको चुनावी मैदानमा, मतदाताको घरमा पुग्ने र योजना बनाउने चटारो सुरु
नेपालबहस संवाददाता
असोज २५, २०७९ मंगलबार १७:२१:२४
२५ असोज, खोटाङ । खोटाङमा एउटै वडाका तीन नेता प्रदेशसभाको चुनावी मैदानमा उत्रिएका छन् । आगामी ४ मंसिमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेशसभा ‘क’ मा नेकपा एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका पाँचकर्ण राई ‘पिके’, नेकपा ‘एकीकृत समाजवादी’बाट बीरवलकाजी राई र जनता समाजवादी पार्टीबाट राकेश राई चुनावी दौडमा उत्रिएका हुन् ।
एकै वडाका तीन नेताले आइतबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन् । पाँचकर्ण र राकेश साविकको बुईपा–२ का स्थायी बासिन्दा हुन् भने वीरवलकाजी साविकको बुईपा–१ का हुन् । साइनोमा एकै दाजुभाइभित्रका पाँचकर्ण काका र राकेश भतिजा हुन् ।
एकैठाउँबाट तीन नेता उम्मेदवार उठेपछि आफन्तकै मत बाँडिने भएको छ । दलहरुले भने एकै वडाका तीन नेताले टिकट पाउनुलाई संयोग भनेका छन् । उम्मेदवारी दर्तासँगै तीनै जना नेताहरु चुनावी अभियानमा जुटेका छन् । उनीहरुलाई मतदाताको घरमा पुग्ने, चुनावी कार्यक्रम सम्बन्धी योजना बनाउने चटारो सुरु भएको छ ।
आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, प्रदेशसभा ९क०मा नौ जना र प्रदेशसभा ९ख०मा छ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार