सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुखदेखि मन्त्रीसम्म टिकटबिहीन, को-को छन् उम्मेदवार ?
नेपालबहस संवाददाता
असोज २५, २०७९ मंगलबार १८:४३:३०
♦ मोहन जोशी
२५ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र अधिकांश मन्त्री टिकटबिहीन बनेका छन् । २०७४ को निर्वाचनमा डोटी प्रदेशसभा ख बाट विजयी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट यसपटक टिकटबिहीन बने । उनको ठाउँमा यसपटक माओवादी केन्द्रबाट उनकै स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् ।
बझाङको प्रदेश सभा क बाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका सभामुख बनेका अर्जुनबहादुर थापा यसपटक टिकटबिहीन बनेका छन् । एमालेबाट चुनाव लडेका सभामुख थापाले जितेको स्थानमा यसपटक एमालेले छविलाल ओखेडालाई टिकट दिएको छ ।
प्रदेशकी उपसभाुमख निर्मला बडाल जोशी पनि यसपटक टिकटबिहीन बनेकी छन् । उनी २०७४ को निर्वाचमा माओवादी केन्द्रको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री बनेका कृष्णराज सुवेदी पनि यसपटक उम्मेदवार बनेनन् । २०७४ को निर्वाचनमा कैलाली ४ को प्रदेश निर्वाचन क्षेत्र ख बाट उनी निर्वाचित भएका थिए । अहिले सो क्षेत्रबाट एमालेका हरिसिंह साउद उम्मेदवार बनेका छन् ।
बाजुराबाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रकाश शाह पनि यसपटक टिकटविहीन बनेका छन् । उनको स्थानमा बाजुराबाट लालबहादुर थापा चुनावमा प्रतिस्पर्धा गर्दैछन् । उनले बाजुराको प्रदेश निर्वाचन क्षेत्र ख बाट चुनाव जितेका थिए ।
माओबादीको समानुपातिक कोटाबाट सांसद बनेकी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेकी विनीता चौधरी यसपटक माओवादीको समानुपातिक सूचीमा समेत अटाउन सकेकी छैनन् ।
सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेकी माया भट्ट पनि उम्मेदवार बनेकी छैनन् । उनलाई एमालेले बैतडीबाट समानुपातिक सांसद बनाएको थिए । अहिले उनी एकीकृत समाजवादी पार्टीमा आबद्ध छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले पनि यसपटक टिकट पाएकी छैनन् । उनी २०७४ मा एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य बनेकी थिइन् । हाल उनी एकीकृत समाजवादी पार्टीमा आबद्ध छिन् ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री बनेका टेकबहादुर रैका पनि टिकटविहीन बनेका छन् । उनी २०७४ मा कांग्रेसको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेका थिए । प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी पनि य पटक टिकटविहीन बनेकी छन् । एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी चुनकुमारी चौधरी हाल एकीकृत समाजवादी पार्टीमा आवद्ध छिन् ।
सुदूरपशिचम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरा पनि यसपटक टिकटविहीन छन् । उनी एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी थिइन् ।
समाुनपातिक कोटाबाटै प्रदेश सभा सदस्य बनेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी अर्चना गहतराजले पनि टिकट पाएकी छैनन् । त्यसैगरी सामाजिक विकास राज्यमन्त्री बनेकी मनाकुमारी साउद पनि टिकटविहीन छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधारमन्त्री बनेकी सुशीला बुडाथोकी र आर्थिक मामिला तथा योजना राज्य मन्त्री बनेका बदलेव सोडारीले पनि टिकट पाएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार