अनिता गिरी ठूलो पर्दामा डेब्यु गर्दै
नेपालबहस संवाददाता
असोज २५, २०७९ मंगलबार १९:४४:२५
२५ असोज, काठमाडौं । एक दर्जन जति म्युजिक भिडियोमा अभिनयको गरि सकेकी अनिता गिरी अब ठूलो पर्दामा आफ्नो अभिनयको जादु झर्ने तयारीमा रहेकी छन् । खोटाङ् सिम्पानी स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर यो क्षेत्रमा लागि रहेकी उनि विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरि रहेकी छन् ।
सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनको पहिलो गीतको भिडियो ‘वैगुनीले गएको थियो छोडेर’ रहेको थियो । त्यसयता ‘सजाए तिम्रो माया’, ‘लगन जुर्यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता एक दर्जन भन्दा बढी गीतका भिडियोमा आफ्नो कुशल अभिनय पस्कि सकेकी छन् उनले । म्युजिक भिडियोमा अभिनयको तारिफ सँगसँगै थुप्रै अवार्ड पनि हात पारी सकेकी छन् ।
अब ठूलो पर्दातर्फ जम्ने तयारीमा लागेकी उनि विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत डेब्यु गर्दैछिन् । ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञापनमा पनि अभिनय गरी सकेकी अनिताले डेढ दर्जन जति फेशन र्याम्पमा पनि आफूलाई हिँडाएकि छ्न ।
अभियन क्षेत्रमा नै पूर्ण रुपमा समर्पित भएर लागेको बताउने उनि सबैप्रकारको भूमिकालाई न्याय गर्न सक्ने आफूमा खुबी रहेको दाबी गर्दछिन् । म्युजिक भिडियो र फेशन शो हरूमा तारिफ बटुल्न सफल अनिता ठूलो पर्दामा कत्तिको जम्ने हुन् त्यो त भबिष्यले नै बताउछ। तर, उनि भने पूर्ण तयारीका साथ आफू यो क्षेत्रमा आएको दाबी गर्दछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार
चट्टाने पहाडको कापमाथिबाट झरेको फुङफुङे झरना
मंसिर १३, २०८१ बिहिबार
जाडो छल्न आएका चखेवा
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार