कहिले आउँछ नेपाली कांग्रेसको घोषणपत्र ? ढिलाइले महामन्त्री शर्मा तनावमा
नेपालबहस संवाददाता
असोज २६, २०७९ बुधबार १७:८:१२
२६ असोज, काठमाडौं । सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरु आगामी मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी प्रचार अभियानमा लाग्दा समेत अहिलेसम्म पार्टीको घोषणापत्र सार्वजनिक गर्न सकेको छैन् । घोषणापत्र बिनै चुनाव प्रचारप्रसारमा जान अप्ठ्यारो भइरहेको भन्दै चाँडो घोषणापत्र ल्याउन महामन्त्री विश्वप्रकाश शर्मामाथि नेताहरुले दवाव बढाएका छन् ।
सत्ता गठबन्धनको भागबण्डामा अल्झिँदा कांग्रेसलाई घोषणापत्रको काम सक्न समय लागेको नेताहरुको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरिएको थियो । उत्त समितिमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित विभिन्न क्षेत्रका विज्ञहरु रहेका छन् ।
समितिले सबै वर्ग, समुदाय, उमेर समूह र भूगोलको विविधतालाई केन्द्रमा राख्ने भन्दै घोषणापत्रका लागि देशभरबाट सुझाव संकलन गरेको थियो । अहिले सुझावका आधारमा घोषणापत्र मस्यौदा लेखनको काम भइरहेको छ । समिति सदस्यका अनुसार कांग्रेसले घोषणापत्रमा राष्ट्रियता, राष्ट्रिय सुरक्षा र विदेश नीतिलाई मुख्य प्राथमिकता दिएको छ ।
घोषणपत्रमा राष्ट्रियता, सुरक्षा नीति र विदेश नीतिका विषयमा सत्ता र प्रतिपक्षको फरक–फरक धारणा हुन नहुने कांग्रेसको धारणा छ । यस विषयमा राष्ट्रिय सहमतिको प्रस्ताव तयार पार्ने र त्यसको नेतृत्व कांग्रेसले लिने विषय घोषणापत्रमा समावेश गरेको बताइएको छ । घोषणपत्र यथार्थ धरातलमा टेकेर तयार भइरहेको बताइएको छ । घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पार्दासम्म कांग्रेस राजनीतिक मुद्दामा एमालेसँग बढी आक्रमक देखिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिनिधिसभा विघटना गरेर राज्यव्यवस्थालाई नै क्षति पुर्याएको, संविधान र लोकतन्त्रलाई सत्ता गठबन्धनले ‘लिक’ मा ल्याएको कांग्रेसको निष्कर्ष छ । संविधानको सुरक्षा र कार्यान्वयनका निम्ति गठबन्धन गरेर चुनावमा जानुपरेको तर्क कांग्रेसले अघि सारेको छ ।
कांग्रेसले ०७४ को निर्वाचनमा संविधान र संघीयता कार्यान्वयनमा विशेष जोड दिएको थियो । यसपटक उसले आर्थिक समृद्धिको मार्गचित्रलाई प्राथमिकतामा राख्ने तयारी भइरहेको बताएको छ ।
कांग्रेस नेतृत्वमा सरकार बनेपछि अघि बढाइने आर्थिक मोडलका विषयमा राष्ट्रिय योजना आयोगका पूर्व दुई उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र डा.गोविन्दराज पोखरेलले लेखनकार्य जारी राखेका छन् । समितिका एक सदस्यका अनुसार बीपी कोइरालाले लिएका आर्थिक नीति र विकासको मोडललाई थप व्याख्या गर्दै समुन्नतिको आधुनिक मार्गचित्र तयार पारिएको घोषणापत्र आउन अझै केही दिन लाग्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
सरकारले तोक्यो दुई न्यायाधीशको नयाँ जिम्मेवारी
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार