प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन: दलका भन्दा स्वतन्त्र उम्मेदवार बढी
नेपालबहस संवाददाता
असोज २६, २०७९ बुधबार २०:५३:१७
२६ असोज, सिराहा । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिरहा जिल्लामा राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवारको बर्चस्व रहेको छ । जिल्लामा चार संघीय तथा आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाट दुई सय २४ को उम्मेदवारी परेकामध्ये एक सय १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उठेका उम्मेदवारले जितेको र उनीहरुले जनतामाझ गरेको काममा प्रभावित भएर यो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढेको आकलन गर्न सकिन्छ । तर स्वतन्त्र उम्मेदवार राजनीतिक पार्टीले जनताको भावनामाथि खेलवाड गरेकाले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको उनीहरू दाबी गर्छन् ।
सिरहा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार पत्रकार महासंघ सिरहाका पूर्वअध्यक्ष देवकुमार यादवले राजनीतिक दलबाट निर्वाचित भएका नेताले जनताको भावनाविपरीत दलीय दबाबमा परी जनताको हितमा काम नगरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनले भने, ‘दलीय जनप्रतिधिले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेकाले आफूले त्यो आवश्यकता पूरा गर्नका लागि उम्मेदवारी दिएको हु ।’ आफ्नो चुनावी एजेण्डा नै जनताको आधारभूत आवश्यकता कृषि, स्वास्थ्य, शिक्षा र सरसफाइ रहेकाले दलीय प्रतिनिधिलाई नभएर स्वतन्त्रलाई नै रोज्न मतदातालाई आग्रह गरे ।
सिरहा क्षेत्र नं २ बाट नै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका लेखक, समालोचक तथा पत्रकार रामरिझन यादवले दलहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै त्यही दलमा बसेर उनीहरुको विरोध गर्न नसकिने बताए । उनले भने,‘एउटा कालखण्ड राजनीति पार्टीमा बिताएँ, दलभित्रै बसेर भ्रष्टाचारीको विरोध गर्न असम्भव भएकाले म स्वतन्त्र भए ।’
प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्रका लागि जम्मा ८५ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ४८ ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभाको आठ निर्वाचन क्षेत्रका लागि एक सय १९ जनाले उम्मेदवारी दिएका छन् भने ७१ जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिरहाका १२ क्षेत्रमा राजनीतिक पार्टीको भन्दा करिब ५४ प्रतिशतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभाका लागि सिरहा क्षेत्र नं १ बाट २३ जनाको उम्मेदवारी परेकामध्ये १० स्वतन्त्र र १३ पार्टीका उम्मेदवार छन् । त्यसैगरी क्षेत्र नं २ मा २३ जनाको उम्मेदवारी परेकामा १५ स्वतन्त्र आठ मात्रै पार्टीबाट उम्मेदवारी परेको छ । त्यस्तै सिरहा क्षेत्र नं ३ बाट जम्मा २२ जनाको उम्मेदवारी परेकामा १४ स्वतन्त्र र आठ पार्टीका उम्मेदवार छन् । क्षेत्र नं ४ बाट १९ उम्मेदवारमध्ये नौ स्वतन्त्र र राजनीतिक दलका १० जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ को (क) बाट १६ को उम्मेदवारी पर्दा छ स्वतन्त्र र १० पार्टीका उम्मेदवार छन् । (ख) बाट १४ उम्मेदवारमध्ये छ स्वतन्त्र र आठ पार्टीका उम्मेदवार छन् । सिरहा क्षेत्र नं २ को (क) बाट जम्मा १५ जनाले उम्मेदवारी दिएकामध्ये आठ स्वतन्त्र र सात पार्टीका उम्मेदवार छन् । (ख) बाट १६ जनाको उम्मेदवारी पर्दा नौ स्वतन्त्र र सात पार्टीका उम्मेदवार छन् ।
त्यसैगरी क्षेत्र नं ३ बाट प्रदेशसभा (क) का लागि १८ जनाले उम्मेदवारी दिँदा १३ स्वतन्त्र र पाँच पार्टीका उम्मेदवारी परेको छ । (ख) मा १४ जनामध्ये नौ स्वतन्त्र र पाँच पार्टीका छन् । क्षेत्र नं ४ (क) बाट जम्मा १८ जनाले उम्मेदवारी दिएकामध्ये १० स्वतन्त्र र आठ पार्टीका छन् भने (ख) मा १८ जनामध्ये ११ स्वतन्त्र र सात राजनीतिक पार्टीका उम्मेदवार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
पदाधिकारी बैठक स्थगित गरी सुकुटे पुगे प्रचण्ड
पुष २९, २०८१ सोमबार