लुम्बिनीमा ३१ जनाले एमाले छाडेपछि ओलीलाई धक्का, निर्वाचनमा भूसाललाई समर्थन
नेपालबहस संवाददाता
असोज २६, २०७९ बुधबार २१:१०:३३
असोज ३१, तिलोत्तमा । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेताले सो पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । रुपन्देहीको क्षेत्र नं १ का मतदाता रहेका उनीहरूले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनीहरूले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका घनश्याम भूसाललाई सहयोग गर्ने घोषणा पनि गरेका छन् । रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार राय लगायतले पार्टी छाडेको घोषणा गरेका हुन् ।
प्रदेश सदस्यबाट राजीनामा दिएका अर्का नेता शैलेन्द्र उपाध्यायले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तानाशाही प्रवृत्ति देखाउने गरेको आरोप लगाए । पार्टीबाट राजीनामा दिने अन्य कार्यकर्तामा रोहिणी गाउँ पार्टी कमिटीका पदाधिकारी, सदस्य, वडा कमिटीका पदाधिकारी तथा सदस्य र युवासंघका स्थानीय नेता–कार्यकर्ता छन् ।
रुपन्देही–१ बाट नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनबाट प्रतिनिधिसभाका लागि एमालेका छविलाल विश्वकर्मा, प्रदेशसभा सदस्यको लागि एमालेकै दधिराम न्यौपाने र राप्रपाका आशीष चौधरीले उम्मेदवारी दिएका छन् ।
नेता भूसालले भने सम्पूर्ण सामार्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको बताएका थिए । भूसालले रुपन्देही १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने इच्छा देखाएका थिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी र जिल्ला कमिटीले भूसालको नाम सिफारिस गरेपछि प्रदेश कमिटीले रुपन्देही १ बाट सचिव छविलाल विश्वकर्माको नाम मात्रै सिफारिस गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार