कैलालीमा आरजुलाई संकट, डडेलधुरामा देउवालाई धक्का
नेपालबहस संवाददाता
असोज २६, २०७९ बुधबार २१:३९:३५
२६ असोज, कैलाली । मंसिर ४ का लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कैलाली ५ मा आरजु देउवाका पीए प्रकाश देउवा र डडेलधुरामा एमालेले आफ्नो उम्मेदवार फिर्ता गर्दै कांग्रेस बीपीलाई सघाउने भएपछि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धक्का लागेको छ ।
कैलाली ५ को (ख) बाट प्रदेशसभा उम्मेदवार बनेका नेपाली कांग्रेसका बागी क्षितिज भण्डारीले नाम फिर्ता नगरेपछि आरजुलाई आफना स्वकीय सचिव (पीए) हार्ने कारणले चिन्ता बढेको हाे । निर्वाचन आयोगले तोकेको समय सीमामा यूवानेता भण्डारीले नाम फिर्ता गरेनन् ।कैलाली ५ (ख) मा प्रधानमन्त्री पत्नी आरजु देउवाका स्वकीय सचिव प्रकाश देउवा उम्मेदवार बनेका छन् ।
भण्डारीले उम्मेदवारी फिर्ता नगरेपछि आरजुलाई आफ्नै पीएलाई जिताउन मुस्किल परेको छ । भण्डारीले उम्मेदवारी फिर्ता गर्न प्रधानमन्त्रीको फोन आएको तर आफुले फिर्ता नगरेको नेपालबहसलाई बताए । भण्डारी संस्थापनइतर पक्षका हुन् । प्रधानमन्त्री पत्नीका स्वकीय सचिवलाई पार्टीले टिकट दिएपछि उनी बागी बनेका हुन् ।
यता, डडेलधुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ५ जनाले उमेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ उमेदवारी दर्ता गरेका तीन र प्रदेशसभातर्फ उमेदवारी दिएका दुई जनाले फिर्ता गरेका हुन् ।
डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार प्रतिनिधिसभातर्फ एमाले उमेदवार चक्र स्नेही, स्वतन्त्र (कांग्रेसका बागी) दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालीप्रसाद जोशीले उमेदवारी फिर्ता लिएका छन् । एमाले केन्द्रले नै स्नेहीको उमेदवारी फिर्ता गर्न लगाएको एमाले डडेल्धुराका सचिव गजेन्द्र शाहीले बताए । यसबाट देउवालाई धक्का लागेको छ ।
उम्मेदवारी फिर्तासँगै अब कांग्रेस बीपीसँग प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल हुने पक्का छ । यद्यपि बागी उम्मेदवारी दर्ता गराएका एमाले नेता विक्रमबहादुर शाहीले भने उम्मेदवारी फिर्ता लिएका छैनन् । यस्तै प्रदेशसभा १ मा कांग्रेस बीपीका गणेशप्रसाद जोशी र प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उम्ममेदवारी फिर्ता लिएका छन् ।
प्रतिनिधिसभातर्फ ३ जनाले उमेदवारी फिर्ता लिएसँगै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासहित ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । देउवासँगै प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेस बीपीबाट कर्णबहादुर मल्ल लड्दैछन् । उनले एमालेको साथ पाएपछि प्रधानमन्त्री देउवालाई चुनाव जित्न मुस्किल हुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार
महाकुम्भमा ६० लाखले गरे स्नान, एप्पलका स्टिभ जब्सकी श्रीमतीले पनि गरिन दर्शन
पुष २९, २०८१ सोमबार