यताबाट देउवाले फोन गरे, उता कास्की २ का बागी गुरुङले सुन्दै सुनेनन्
नेपालबहस संवाददाता
असोज २६, २०७९ बुधबार २२:१३:५९
२६ असोज, पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अनुराेध कास्की–२ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महादेव गुरुङले अश्वीकार गरेपछि उम्मेदवारी कायम रहेको छ । गुरुङको बागी उम्मेदवारी फिर्ता गराउन देउवाले लामो प्रयास गरेका थिए ।
गुरुङले बार्गेनिङका लागि नभई, सिद्धान्त र निष्ठाका आधारमा उम्मेदवारी दिएको भन्दै उम्मेदवारी फिर्ता नलिएका हुन् । उम्मेदवारी फिर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवाले गुरुङलाई फोन गरेर दवाव दिएका थिए । आफुले पद र पैसाका लागि कहिल्यै राजनीति नगरेको बताउँदै अवसर चाहना नभएको उनले बताए ।
गुरुङले आफूलाई देउवाले नै मन्त्री पद दिँदा त नखाएको बताउँदै अहिले आएर अवसरमा आश्वासनमा नबिक्ने दाबी गरे । गठबन्धनको भागबण्डामा कास्की क्षेत्र नम्बर २ नेकपा एकीकृत समाजवादीलाई परेको छ । समाजवादीका नेता श्रीनाथ बराल चुनावी मैदानमा छन् । एमालेको प्रभाव मानिएको यो क्षेत्रमा विद्या भट्टराई प्रतिस्पर्धामा छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार