शेयर कारोबारमा सुधार, नेप्सेमा ११.३६ अंकको वृद्धि
नेपालबहस संवाददाता
असोज २६, २०७९ बुधबार २२:४८:२७
२६ असोज, काठमाडौं । लगातार दुई दिन घटेको शेयरबजारमा साताको चौथो कारोबार दिन बुधबार भने दोहोरो अंकले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.३६ अंकले वृद्धि भएर १८६६.५२ अंकमा बन्द भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.४८ अंकले वृद्धि भएर ३६६.११ अंकमा बन्द भएको छ ।
दशैं पछिको पहिलो कारोबार दिन आइतबार नै ४४ अंकको उच्चवृद्धि भएको नेप्से त्यसपछिको सोमबार र मंगलबार लगातार दुई दिन घटेको नेप्सेमा आज बढेर बन्द भएको छ । नेप्सेमा वृद्धि हुँदा उपसूचकहरुमा पनि म्युचुअल फण्ड र व्यापार बाहेक सबै बढेका छन् ।
नेप्सेमा सुधार हुँदा बुधबार कारोबार रकम पनि वृद्धि भएको छ । मंगलबार ५५ करोडमा झरेको कारोबार रकम बढेर करिब ७० करोड पुगेको हो । बुधबार बजारमा २० लाख ८५ हजार २८४ कित्ता शेयर किनबेच हुँदा ६९ करोड १७ लाख ३८ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको २ करोड ४० लाख १२ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको २ करोड २ लाख ६४ हजार र एनआईसी एशिया लघुवित्तको संस्थापक शेयर १ करोड ८९ लाख ७७ हजारको किनबेच भएको छ ।
बुधबार बजारमा कुल १८५ कम्पनीको शेयर किनबेच भएकोमा १४० कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा ३९ कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर छ । जसमध्ये अभियान लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा महुली लघुवित्तको शेयरमूल्य ५.५१ प्रतिशत र प्रोग्रसिभ फाइनान्सको शेयर मूल्य ५.३५ प्रतिशतले वृद्धि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार