उपभोक्ताको गुनासो आएपछि वाणिज्य कार्यालयद्वारा अनुगमन, ३५ बोरा चामल बरामद
नेपालबहस संवाददाता
असोज २६, २०७९ बिहिबार ३:१२:१३
२६ असोज, मोरङ । चामलमा मिसावटसम्बन्धी गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले आज उद्योग एवं बजारको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा महँगो चामलमा सस्तो चामल मिसाएको गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले बजार अनुगमन सुरु गरेको हो ।
वाणिज्य कार्यालयको नेतृत्वमा आज गएको एक टोलीले महँगो जिरामसिनो चामलमा सस्तो सोना मन्सुली चामल मिसाएर बेच्ने गरेको गुनासोका आधारमा मोरङको कटहरीस्थित बोहरा चामल उद्योगले उत्पादन गरेको तण्डुल ब्राण्डको स्टिम्ड जिरा मसिनो चामल परीक्षणका लागि नमूना सङ्कलन गरेको छ । जिरा मसिनो चामलको मूल्य प्रतिकिलो रु ८० पर्दछ भने सोना मन्सुली चामलको मूल्य प्रतिकिलो रु ५३ रहेको छ ।
अनुगमन टोलीले उक्त उद्योगबाट उत्पादित सूर्य, धनुष, सूर्य भोग, करमानी ब्राण्डका जिरामसिनो चामलको मूल्यमा प्रतिकिलो रु १० सम्म फरक पाइएपछि नमूना सङ्कलन गरिएको र मिसावट गरिएको पाइएमा वाणिज्य ऐनअनुसार कारवाही गरिने कार्यालयका निमित्त प्रमुख कमलदेव यादवले बताए ।
यसैगरी टोलीले विराटनगरको गुद्री बजारस्थित ट्वीन्स ट्रेडर्समा अनुगमनका क्रममा भारतीय उत्पादन धनलक्ष्मी ब्राण्डको ३५ बोरा जिरामसिनो चामल फेला पारेको छ । उक्त चालमको खरिद बीलविजकसमेत उपलब्ध गराउन नसकेपछि रु २० हजार जरिवाना गरेको छ । बरामद गरिएको ३५ बोरा चामल बिक्रीमा रोक लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार