विजय गच्छदारसहित ११ जनाको उम्मेदवारी खारेजको माग गर्दै सर्वोच्चमा रिट दर्ता
नेपालबहस संवाददाता
असोज २७, २०७९ बिहिबार १९:२६:१६
२७ असोज, काठमाडौं । निर्वाचन नियमावली र आचारसंहिता विपरित उम्मेदवारी दिएको भन्दै ११ जना विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । भ्रष्टाचार, फौजदारी कसुर र नैतिक पतन देखिने कसुरमा मुद्दा खेपिरहेका उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।
रिट निवेदनमा पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार सहितका नेताको उम्मेदवारी खारेजीको माग गर्दै बिहीबार सर्वोच्चमा रिट दर्ता भएको हो । अधिवक्ता अनिल आचार्यले बिहीबार प्रतिनिधिसभा तथा प्रदेशसभाका ११ जना उम्मेदवार र निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन मन्त्रालयलाई विपक्षी बनाई रिट दर्ता गराएका हुन् ।
अधिवक्ता आचार्यले बिहीबार सर्वोच्च अदालतमा दर्ता गराएको रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाएका छन् । उनले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व काँग्रेस नेता गोविन्दराज जोशी, राप्रपा नेता विक्रम पाण्डे, स्वतन्त्र उम्मेदवार प्रभु साहबिरुद्ध रिट हालेका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ (क) का एमाले उम्मेदवार युद्धविक्रम तामाङ, मनाङका काँग्रेस नेता टेक बहादुर गुरुङ, महोत्तरीकी लक्ष्मी महतो, झापा ५ ख का माओवादी केन्द्रका उम्मेदवार गगन भन्ने रेवतराज पुरी रहेका छन् । उनीहरू निष्कलंक नरहेको, भ्रष्टाचार तथा फौजदारी कसुरमा मुद्दा चलिरहेको वा सजाय पाएका व्यक्तिहरू रहेको भन्दै उनीहरूको उम्मेदवारी खारेज गर्न माग गरिएको हो ।
रिटमाथि असोज ३० गते प्रारम्भिक सुनुवाइ हुने गरी पेसी तोकिएको छ । उनीहरूको उम्मेदवारीले भविष्यमा देश र जनताका लागि अपूरणीय क्षति पुग्न सक्ने भन्दै अन्तरिम आदेशबाट उम्मेदवारी रद्द गर्न र भविष्यमा यस्ता व्यक्तिहरू उम्मेदवार बन्न नपाउने गरी कानुन संशोधन गर्न समेत मागदाबी गरिएको छ ।
रिटको पूर्णपाठ :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार