क्लव टेनएक्सले पहिलो वार्षिकी मनाउँदै, दुई रात निःशुल्क प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार १२:५७:४२
२८ असोज, काठमाडौं । ठमेलस्थित क्लव ‘टेनएक्स’ले पहिलो वार्षिकी भव्यताका साथ मनाउने तयारी गरेको छ । यही अक्टोबर १६ र १७ तारिख अर्थात असोज ३१ र कातिक १ गते दुईरात विशेष कार्यक्रमबीच वार्षिकी मनाउन लागेको क्लवले जनाएको छ ।
उक्त दुई दिन रातलाई विशेष बनाउन नेपालका ख्यातीप्राप्त डिजे तथा गायक÷गायिकाहरुले प्रस्तुती दिनेछन् । रातको समयमा मनाउन लागिएको वार्षिकोत्सवलाई भव्य र सभ्य बनाइने क्लवका सिईओ पौरख मर्दन बस्न्यातले बताए । उनका अनुसार त्यस रात अर्थात अक्टोवर १६ मा गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा, एकदेव लिम्बू र डीजे ओलारुसलगायतले ग्राहक तथा अतिथिहरुलाई म्युजिकमा झुमाउने छन् ।
सुशील नेपालले होस्ट गर्ने उक्त विशेष कार्यक्रममा फेसन कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकारलगायतका चर्चित सेलिब्रेटीहरुको पनि उपस्थिति रहने क्लवले जनाएको छ । एक वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लव टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को अनुभव प्रस्तुत गर्दै आएको बताउँदै सिईओ बस्न्यात भन्छन्, ‘पहिलो वार्षिकी मनाउन पाइरहँदा खुसी लागेको छ । हामी टेन एक्सलाई नेपालकै उत्कृष्ट क्लवहरुमध्ये एक बनाउने प्रयासमा छौँ ।’
क्लव टेनएक्समा हरेकरात डीजे सिजन, डीजे निहान र डीजे आइजेनले यु्वायवती एवं क्लवप्रेमीहरुलाई नचाउँदै आएका छन् । उनीहरु इनहाउस डिजेहरु हुन् । उक्त दिन पनि उनीहरुको आफ्नो प्रस्तुती दिनेछन् । क्लवका सिईओ बस्न्यात भन्छन्, ‘एक वर्षको अवधिमा हामीले पार्टीको चाहना राख्नेहरुको इच्छा पूरा गर्दै आएका छौँ ।’ उनका अनुसार चारजना साथीहरु मिलेर सञ्चालनमा ल्याइएको क्लवमा हाल ७५ जना कर्मचारी छन् ।
‘अक्टोबर १६ हाम्रो पहिलो वार्षिकोत्सवको हो । यस अवसरमा द्ुईरात ग्राहकका लागि यादगर बनाउन चाहन्छौँ’ सिईओ बस्न्यात भन्छन्, ‘हामीले यसअघि थुप्रै प्रसिद्ध कलाकारहरूसँग सहकार्य गरेका छौं ।’ अक्टोवर १६ र १७ मा प्रवेश शुल्क नलिने क्वलले जनाएको छ । साथै सबै ग्राहकलाई ती दुई दिनका लागि २० प्रतिशत छुट प्रदान गर्ने क्लवले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार
अनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार