पौडेलको कमाण्डमा गठबन्धनका दलहरुले सातै प्रदेशमा संयुक्त भेला गर्ने
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार १५:३४:१०
२८ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको केन्द्रीय परिचालन कमिटी गठन गरेपछि उनकै नेतृत्वमा सातै प्रदेशमा संयुक्तको भेला आयोजना गरिने भएको छ ।
सत्ता गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने भएको हो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले कात्तिक पहिलो साता सातै प्रदेशमा शीर्ष नेताहरूको उपस्थितिमा प्रमुख नेता तथा कार्यकर्ताको भेला राख्ने निर्णय गरेको हो । भेला मतदाता लक्षीत रहने छ ।
जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा यस्तो समिति गठन गर्ने र चुनाव लक्षीत कार्यक्रमहरु गर्ने छ । आगामी चुनावलाई लक्षित गर्दै सातै प्रदेशमा कार्यकर्ता भेला अन्तर्गत पोखरा, बुटवल, विराटनगर, जनकपुर, धनगढी, सुर्खेत, काठमाडौं रहेका छन् । भेलामा पार्टीका केन्द्रीय सदस्य, पार्टी प्रदेश कमिटीका पदाधिकारी, जिल्ला प्रमुखसहित ३–३ जना सहभागी हुने छन् ।
गण्डकी प्रदेशको कात्तिक ४ गते पोखरामा हुने भेलाको व्यवस्थापनको जिम्मेवारी नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । त्यसैगरी कात्तिक ४ नै लुम्बिनीको बुटवलमा, कात्तिक ५ गते प्रदेश १ को भेला विराटनगर, कात्तिक ५ मा मधेस प्रदेशको जनकपुरमा भेला आयोजना गरिने छ । जसको व्यवस्थापनाको जिम्मेवारी नेपाली कांग्रेसको भागमा परेको छ । जनकपुरमा आयोजना हुने भेलामा लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा) पनि आमन्त्रण गरिएको छ ।
कातिक ६ गते सुदूरपश्चिमको धनगढी र कात्तिक ७ गते वागमतीको काठमाडौंमा आयोजना हुने भेला माओवादीले आयोजना गर्नेछ । त्यसैगरी कात्तिक ६ गते कांग्रेसको व्यवस्थापनमा कर्णाली प्रदेशको भेला सुर्खेतमा हुनेछ । यस्तै गठबन्धनले केन्द्र, प्रदेश र जिल्ला तहमा निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको छ ।
संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन बनाएको दाबी गर्दै आएका सत्तारुढ दलहरूले निर्वाचनमा गठबन्धनलाई भोट दिएर जिताउन जनतालाई संयुक्त अपिल गर्न संयुक्त भेला गर्न लागेका हुन् ।
कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा मतदानका लागि जनतालाई गरिने अपिल तयार गर्न कार्यदल पनि बनाइएको छ । जसमा कांग्रेसबाट प्रकाशशरण महत, माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार
महाकुम्भमा ६० लाखले गरे स्नान, एप्पलका स्टिभ जब्सकी श्रीमतीले पनि गरिन दर्शन
पुष २९, २०८१ सोमबार