झापा-१ का मतदाताको रोजाइमा विश्वप्रकाश कि अग्नि खरेल ?
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार १७:४२:४९
२८ असोज, बिर्तामोड । आगामी मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापाको क्षेत्र न. १ मा सत्ता गठबन्धन र विपक्षी एमालेका उम्मेदवारबीचको चुनावी प्रचार अभियान रोचक बन्दै गइरहेको छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तेस्रो पटक चुनाव लड्दैछन् ।
विपक्षी एमालेका तर्फबाट नयाँ उम्मेदवार पूर्वमन्त्री अग्नी खरेल प्रतिस्पर्धामा छन् । खरेल नयाँ हुन भने शर्माको यो तेस्रसो पटक हो । एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका खरेल कानून व्यवसायका क्षेत्रमा परिचित छन् भने शर्मा बौद्धिक राजनीतिक कर्मीका रुपमा परिचित छन् । लोकप्रियताका हिसावले पनि शर्मा खरेलभन्दा अगाडी छन् ।
लोकप्रियता र बौद्धिकको भन्दा पनि चुनावमा कस्ले बाजी मार्ने भन्ने विषय आम मतदाताको हातमा रहन्छ । त्यसैले पनि अहिले दुबै उम्मेदवार आफ्नो पक्षमा मत बढाउन अनेकन उपायहरु अपनाइरहेका छन् । यहाँका मतदाताका लागि शर्मा नयाँ होइनन् । २०७४ को निर्वाचनमा शर्मा तत्कालिन बाम गठबन्धनका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए ।
कांग्रेसहितका सत्ता गठबन्धनका दलहरूको साथ, राजनीतिक रूपमा निरन्तर अग्लिँदै गएको आफ्नै व्यक्तित्वको बलमा महामन्त्री शर्माले बलियो संगठन भएको र क्षेत्रमा रहेको स्थानीय सत्ताको नेतृत्व गरेर बसेको एमालेका खरेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
झापा–१ मा दुबै प्रतिस्पर्धी ढुक्क हुने अवस्थामा छैनन् । आफ्नो क्षेत्रको लाभ शर्मालाई होला तर यहाँ परम्परागत जनमतका हिसाबले एमाले बलियो छ । त्यसको लाभ खरेलले पाउँछन् । शर्मालाई आफ्नो लोकप्रियता र स्थानीय उम्मेदवार भएको आधारमा एमालेको ठूलो जनमत आफूतिर तान्नुपर्ने चुनौती छ ।
२०७४ को चुनावमा यो क्षेत्रमा वाम गठबन्धन झन्डै १४ हजार मतान्तरले अघि थियो । तर, चुनावी परिणाम सार्वजनिक हुँदा शर्माले उल्लेख्य आकारमा घटाएका थिए । त्यसबेला राम कार्कीले ३६ हजार १७३ मत पाएर जित्दा शर्माले ३३ हजार ३१० मत पाएका थिए । यसरी १४ हजारले पछि परेको क्षेत्रमा शर्माले भने २ हजार ८६३ मतले मात्रै पराजय व्यहोरेका थिए ।
कांग्रेस नेताहरू स्थानीय चुनावको गणित शर्माले बदल्ने दाबी गर्छन् । जनप्रतिनिधि नहुँदै पनि उनले यो क्षेत्रको विकासमा उल्लेख्य योगदान दिएको र त्यसबारे जनता जानकार रहेको कांग्रेसीको दाबी छ । स्थानीय चुनावको गणितले काम गर्दैन भन्ने २०७४ सालमै देखिसकेको छ ।
शर्माले जनप्रतिनिधि नहुँदै पनि क्षेत्रको विकास निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । धेरै कामको अगुवाइ गरेका शर्माप्रति जनविश्वास उच्च रहेको दाबी स्थानीयको छ । कांग्रेसका समर्थकहरूले यस क्षेत्रमा अहिले विश्वप्रकाशले जिते कांग्रेसमा ‘गगन–विश्व’ को पुस्ता नै प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुने र त्यसले परिवर्तनको सुरूआत हुने नारा लगाइरहेका छन् ।
एमालेहरू पनि खरेल ओलीको विश्वासपात्र भएकाले ओली प्रधानमन्त्री हुँदा उनी मन्त्री बन्ने प्रचार गरिरहेका छन् । एमाले नेताहरूको पनि दाबी उस्तै छ । खरेलले विकासका काममा नेतृत्व गर्ने क्षमता राख्ने उनीहरूको दाबी छ । जनतालाई बुझाउने काम भइरहेको छ । पार्टीको संगठन र स्थानीय चुनावको मतले पनि खरेलको पक्षमा बलियो माहोल रहेको दाबी उनीहरुको छ ।
गएको स्थानीय चुनावमा मेचीनगरको मेयरमा शर्माले टिकट खोसेका कृष्णप्रसाद सिटौलानिकट पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डे लगायतको समूहलाई साथैमा लिएर हिँड्नुपर्ने चुनौती उनीसँग छ । प्रदेशसभाको क्षेत्र क मा सिटौला र पाण्डेकै विश्वासपात्र गोपाल तामाङलाई अघि सारेर शर्माले सन्तुलन मिलाउने प्रयास गरेका छन् । शर्माको प्रस्तावक पाण्डे स्वयं बसेका छन् ।
यो क्षेत्रमा बलियो प्रभाव राख्ने एमाले नेता रवीन कोइराला र उनका समर्थकहरूको चिढिएको मन मिलाउनुपर्ने चुनौती खरेललाई छ । कोइरालाले टिकट नपाएर खरेलले पाएपछि कोइराला समर्थक धेरैले सामाजिक सञ्जालमा पाहुनालाई अस्वीकार गर्नेसमेत बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार
महाकुम्भमा ६० लाखले गरे स्नान, एप्पलका स्टिभ जब्सकी श्रीमतीले पनि गरिन दर्शन
पुष २९, २०८१ सोमबार