प्रतिनिधिसभा अन्तर्गत यी हुन सबैभन्दा बढी र कमले उम्मेदवारी दिएका निर्वाचन क्षेत्र
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार १७:५८:५१
२८ असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूचि प्रकाशित गरिसकेको छ । आयोगका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी काठमाडौंको निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यो क्षेत्रमा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाले उम्मेदवारी दिएका छन् ।
दोस्रो ठूलो संख्यामा उम्मेदवारी मोरङ निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.३ र काठमाडौं निर्वाचन क्षेत्र नं.४ मा परेको छ । यी तीनवटै क्षेत्रमा ३१–३१ जनाले उम्मेदवारी दिएका छन् । मोरङ निर्वाचन क्षेत्र नं.३ मा २७ जना पुरुष र ४ जना महिला, धनुषा क्षेत्र नं.३ मा २५ जना पुरुष र ६ जना महिला र काठमाडौं क्षेत्र नं. ४ मा २९ जना पुरुष र २ जना महिलाको उम्मेदवारी परेको छ ।
तेस्रो ठूलो संख्यामा उम्मेदवारी काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा रहेको छ । यो क्षेत्रमा २५ जना पुरुष र ५ जना महिला गरी कुल ३० जनाको उम्मेदवारी परेको छ । चौंथो ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.५ र काठमाडौं निर्वाचन क्षेत्र नं.७ मा परेको छ । यी तीनवटै निर्वाचन क्षेत्रमा २९–२९ जनाले उम्मेदवारी दिएका छन् ।
आयोगका अनुसार धनुषा निर्वाचन क्षेत्र नं.४ मा उम्मेदवारी दिने २९ जनाममा एक जना पनि महिला रहेका छैनन् । उम्मेदवारी दिनेहरुमा काठमाडौं निर्वाचन क्षेत्र नं.५ मा २५ जना पुरुष र ४ जना महिला र काठमाडौं निर्वाचन क्षेत्र नंं७ मा २४ जना पुरुष र ५ जना महिला छन् ।
पाँचौ ठूलो संख्यामा उम्मेदवारी सुनसरी निर्वाचन क्षेत्र नं.२ मा परेको छ । यो क्षेत्रमा २५ जना पुरुष र २ जना महिला गरी २७ जनाले उम्मेदवारी दिएका छन् । छैठौं ठूलो संख्यामा उम्मेदवारी भक्तपुरको निर्वाचन क्षेत्र नं.२ मा परेको छ । यो क्षेत्रमा २० जना पुरुष र ६ जना महिला गरी कुल २६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी पर्ने १० निर्वाचन क्षेत्रमा काठमाडौंको निर्वाचन क्षेत्र नं.१, मोरङ निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.३, काठमाडौं निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.२, धनुषा निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.५, काठमाडौं निर्वाचन क्षेत्र नं.७, सुनसरी निर्वाचन क्षेत्र नं.२ र भक्तपुरको निर्वाचन क्षेत्र नं.२ रहेका छन् ।
सबैभन्दा कम उम्मेदवारी परेका क्षेत्र
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा थोरै संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमध्ये पाँच वटा कर्णाली प्रदेशका रहेका छन् ।
निर्वाचन आयोगका अनुसार सबैभन्दा कम संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमा हुम्लाको निर्वाचन क्षेत्र नं.१, मनाङको निर्वाचन क्षेन नं.१, मुस्ताङको निर्वाचन क्षेत्र नं.१, अछामको निर्वाचन क्षेत्र नं.२, बाजुराको निर्वाचन क्षेत्र नं.१, दैलेखको निर्वाचन क्षेत्र नं.२, जुम्लाको निर्वाचन क्षेत्र नंं.१, मुगुको निर्वाचन क्षेत्र नं.१, डोल्पाको निर्वाचन क्षेत्र नं.१ र रोल्पाको निर्वाचन क्षेत्र नं.१ रहेका छन् ।
सबैभन्दा कम उम्मेदवारी परेको १० वटा निर्वाचन क्षेत्रमध्ये रोल्पाको निर्वाचन क्षेत्र नं.१ र जुम्लाको निर्वाचन क्षेत्र नंं.१ वाहेक अन्यमा एक जना पनि महिलाको उम्मेदवारी परेको छैन । आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा कम संख्याले उम्मेदवारी हुम्लाको निर्वाचान क्षेत्र नं.१ र मनाङको निर्वाचन क्षेत्र नं.१ मा दिएका छन् । यी दुवै क्षेत्रमा तीन–तीन जनाको मात्र उम्मेदवारी परेको छ ।
दोस्रो कम संख्यामा उम्मेदवारी मुस्ताङ्को निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यो क्षेत्रमा ४ जनाले उम्मेदवारी दिएका छन् । तेस्रो कम संख्यामा उम्मेदवारी अछामको निर्वाचन क्षेत्र नं.२, बाजुराको निर्वाचन क्षेत्र नं.१, दैलेखको निर्वाचन क्षेत्र नं.२, जुम्लाको निर्वाचन क्षेत्र नंं.१, मुगुको निर्वाचन क्षेत्र नं.१, डोल्पाको निर्वाचन क्षेत्र नं.१ र रोल्पाको निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यी सात वटै निर्वाचन क्षेत्रमा पाँच–पाँच जनाले उम्मेदवारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार