प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६१ वटा क्षेत्रमा महिला उम्मेदवार शून्य
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार १९:१४:२८
२८ असोज, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचानमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक देखिएको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा ६१ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या सून्य रहेको छ ।
प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने २ हजार ४१२ जनामध्ये २ हजार १८६ जना पुरुष र २२५ जना महिला रहेका छन् । अर्थात कुल उम्मेदवारी दिनेमध्ये ९.३२ प्रतिशत संख्या मात्र महिलाको रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार महिला उम्मेदवारको उपस्थिती १६५ क्षेत्रमध्ये ६१ वटामा सून्य र ४८ वटा निर्वाचन क्षेत्रमा मात्र एक–एक रहेको छ ।
प्रतिनिधि सभा तर्फको २६ वटा निर्वाचन क्षेत्रमा प्रत्येकमा दुई–दुई जना महिला उम्मेदवार रहेका छन् भने १३ वटा निर्वाचन क्षेत्र प्रत्येकमा तीन–तीन जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । यस्तै, आठ वटा निर्वाचन क्षेत्रमा चार–चार जना, पाँच वटा निर्वाचन क्षेत्रमा पाँच–पाँच जना, दुई वटा निर्वाचन क्षेत्रमा ६–६ जना, एउटा निर्वाचन क्षेत्रमा ७ जना र एउटा निर्वाचन क्षेत्रमा १० जना महिलालाई उम्मेदवार बनाइएको छ ।
आयोगका अनुसार ताप्लेजुङ निर्वाचन क्षेत्र नं.१, पाँचथर निर्वाचन क्षेत्र नं.१, इलाम निर्वाचन क्षेत्र नं.१, झापा निर्वाचन क्षेत्र नं.३, संखुवासभा निर्वाचन क्षेत्र नं.१, भोजपुर निर्वाचन क्षेत्र नं.१, धनकुटा निर्वाचन क्षेत्र नं.१, मोरङ निर्वाचन क्षेत्र नं.४ र ६, सुनसरी निर्वाचन क्षेत्र नं.४ र खोटाङ निर्वाचन क्षेत्र नं.१ मा एकजना पनि महिला उम्मेदवार रहेका छैनन् ।
यस्तै एकजना पनि महिलाको उम्मेदवारी नपरेका अन्य निर्वाचन क्षेत्रमा सप्तरी निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.१, २ र ४, महोत्तरी निर्वाचन क्षेत्र नं.२ र ४, रौतहट निर्वाचन क्षेत्र नं.२ र ३, बारा निर्वाचन क्षेत्र नं.१, २ र ४ र पर्सा निर्वाचन क्षेत्र नं.१, २, ३ र ४ रहेका छन् ।
दोलखा निर्वाचन क्षेत्र नं.१, धादिङ निर्वाचन क्षेत्र नं.१, काभ्रेपलाञ्चोक क्षेत्र नं.१६, मकवानपुर निर्वाचन क्षेत्र नं.२, गोरखा निर्वाचन क्षेत्र नं.२, मनाङ क्षेत्र नं.१, लम्जुङ निर्वाचन क्षेत्र नं.१, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नं.२, मुस्ताङ निर्वाचन क्षेत्र नं.१, बागलुङ निर्वाचन क्षेत्र नं.१, पाल्पा निर्वाचन क्षेत्र नं.१, रुपन्देही निर्वाचन क्षेत्र नं.४, रुकुम पूर्व निर्वाचन क्षेत्र नं.१, बाँके निर्वाचन क्षेत्र नं.३, बर्दिया निर्वाचन क्षेत्र नं.१ र २ पनि महिलाको उम्मेदावरी परेको छैन ।
महिलाको उम्मेदवारी नपरेको अन्य निर्वाचन क्षेत्रमा सल्यान निर्वाचन क्षेत्र नं.१, डोल्पा निर्वाचन क्षेत्र नं.१, मुगु निर्वाचन क्षेत्र नं.१, कालिकोट निर्वाचन क्षेत्र नं.१, हुम्ला निर्वाचन क्षेत्र नं.१, जाजरकोट निर्वाचन क्षेत्र नं.१, दैलेख निर्वाचन क्षेत्र नं.२, सुर्खेत निर्वाचन क्षेत्र नं.१, रुकुम पश्चिम निर्वाचन क्षेत्र नं.१, बाजुरा निर्वाचन क्षेत्र नं.१, अछाम निर्वाचन क्षेत्र नं.१ र २, बझाङ निर्वाचन क्षेत्र नं.१, कैलाली निर्वाचन क्षेत्र नं.२ र ४, दार्चुला निर्वाचन क्षेत्र नं.१, बैतडी निर्वाचन क्षेत्र नं.१, डडेलधुरा निर्वाचन क्षेत्र नं.१ र कञ्चनपुर निर्वाचन क्षेत्र नं.२ रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ती अर्थात माघीको मेन्यु, हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?
पुष २९, २०८१ सोमबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार