शेयर करोबार रोक्का र फुकुवाको जिम्मा अब धितोपत्र बोर्डलाई
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार २०:२३:१७
२८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) हुँदा शेयर कारोबार रोक्का गर्ने वा नगर्ने जिम्मा नेपाल धितोपत्र बोर्डलाई दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली २०७३ लाई पाँचौ संशोधन गर्दै शेयर कारोबार रोक्का गर्ने सम्बन्धी सम्पूर्ण जिम्मेवारी बोर्डलाई सुम्पिएको हो ।
अब बोर्डले बैंक तथा वित्तीय संस्थाको शेयर कारोबार रोक्का सम्बन्धी निर्देशिका लागु गर्नेछ । धितोपत्र बोर्डले यसअघि नै मर्जरमा जाने तथा एक्विजिशन हुने कम्पनीको शेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का हुने व्यवस्थाको मस्यौदा तयार पारेको छ । राष्ट्र बैंकले बोर्डलाई यो सम्बन्धी सम्पूर्ण जिम्मेवारी दिएसँगै उक्त निर्देशिका लागु हुनेछ । तर, निर्देशिका पूर्णरूपमा भने तयार भइसकेको छैन् ।
धितोपत्र बोर्डका प्रवक्ता रूपेश केसीका अनुसार बोर्डले उक्त निर्देशिका छिटै नै लागु गर्नेछ । निर्देशिकाको ड्राफ्ट भने तयार भएको छ । राष्ट्र बैंकले शेयर कारोबार रोक्का सम्बन्धी सम्पूर्ण अधिकार बोर्डलाई दिएसँगै अब बन्ने निर्देशिका अनुसार कम्पनीहरूले शेयर कारोबार रोक्का र फुकुवा गर्नुपर्ने केसीले बताए ।
यसअघि बैंक तथा वित्तीय संस्थाहरूले लामो समयसम्म शेयर कारोबार रोक्का गर्दा लगानीकर्ता मर्कामा परेका थिए । राष्ट्र बैंकले बोर्डलाई यो जिम्मा दिएसँगै बोर्डले धितोपत्र कारोबार रोक्का गर्ने समय अवधि नै तोकिदिने छ । यसले गर्दा लगानीकर्ताको सम्पत्ति धेरै समय रोक्कामा पर्ने छैन् । यो निर्देशिका तिहारपछि मात्र लागु हुने केसीले बताए ।
लामो समयदेखि बीमा कम्पनी र बैंकहरूको शेयर कारोवार रोक्कमा रहेको छ । तर, यो निर्देशिका लागू भएसँगै निर्देशिकामा भएको व्यवस्था अनुसार कम्पनीहरूको शेयर कारोबार रोक्का हुने बताइएको छ ।
निर्देशिकाको पूर्णपाठ:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
भारतका प्रधान न्यायाधीश डा. चन्द्राच्युड नेपालमा
बैशाख २१, २०८१ शुक्रबार
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
आगलागी पीडितको त्रिपालमा वास
बैशाख २१, २०८१ शुक्रबार
डीभी २०२५ को नतिजा भोलि आउने, कसरी हेर्ने ?
बैशाख २१, २०८१ शुक्रबार