हत्या अभियोग लागेका एमाले उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार २०:२९:४७
२८ असोज, महोत्तरी । निर्वाचन आयोगको जटिल नियमका बाबजुद पनि महोत्तरीमा कर्तव्य ज्यान मुद्दा खेपिरहेका उम्मेदवारले पनि चुनाव लड्न पाउने भएका छन् । एमालेबाट महोत्तरी १ मा प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका लक्ष्मी महतो, क्षेत्र नम्बर ३ (क) मा अभिराम शर्मा र क्षेत्र नम्बर ४ (ख) बाट कौशलकुमार साहले निर्वाचनमा भाग लिन पाउने भएका हुन् ।
निर्वाचन आयोगले दिएको समयसीमाभित्र उनीहरूविरुद्ध कुनै उजुरी नपरेको हुनाले उम्मेदवारी खारेजी नभएको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोधकुमार महतोले जानकारी दिए । निर्वाचन आयोगले उम्मेदवारविरुद्ध उजुरी गर्न कुनै उम्मेदवार वा उसको प्रतिनिधिलाई मात्र निर्धारण गरेको छ । गैरउम्मेदवार वा प्रतिनिधिले उजुरी हाले उक्त उजुरी नलिने निर्वाचनन आयोगले नियम बनाएको छ ।
‘तर प्रतिनिधिसभामा मनोनयन दर्ता गराएका पाटी वा स्वतन्त्र उम्मेदवारले मतदातासमक्ष गलत सन्देश नजाओस् भन्ने उद्देश्यले उजुरी नहालेको हुनसक्छ,’ स्थानीय अकंज थापाले भने । जसपाबाट मनोनयन दर्ता गर्नुभन्दा एक दिन अगाडि मात्र एमाले प्रवेश गरेका लक्ष्मी महतोसहित तीनैजनालाई मधेस आन्दोलनको समयमा असई थमन बिकको हत्या गरेको आरोप छ ।
असई विकको हत्यामा संलग्न रहेको आरोपमा विशेष गरी लक्ष्मी महतोलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो तर शक्तिको आडमा उनी अझै अदालतको सम्पर्कमा छैनन्। उच्च अदालत जनकपुरका न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतको संयुक्त इजलासले महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न १९ मंसिर २०७७ मा आदेश दिएको थियो ।
जिल्ला अदालत महोत्तरीका न्यायधीश श्यामसुन्दर अधिकारीको इजलासले लक्ष्मी महतोबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम एक लाख रुपैयाँ नगद धरौटी लिई २०७६ असोज २ गते तारेखमा राख्ने आदेशलाई उच्च अदालतले पल्टाएर पुर्पक्ष गर्न आदेश दिएको हो । तत्कालीन सद्भावना पार्टीका केन्द्रीय सदस्यसमेत रहेका महतो यसअघिको निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमबाट उठेका थिए । उनी माओवादीका गिरिराजमणि पोखरेलसँग पराजित भएका थिए ।
फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई टिकट दिएर दलहरूले कानुनको धज्जी उडाएको टिप्पणी भएको छ । ज्यान मुद्दा जस्तो जघन्य अपराधको मुद्दा खेपिरहेकालाइ टिकट दिएर दलहरूले अपराधको संरक्षण गरेको आरोप छ । ‘लक्ष्मी महतो, अभिराम शर्मा, कौशल साहजस्ता व्यक्तिहरुलाई पार्टीले टिकट दिनु नै अपराधको संरक्षण गर्नु हो,’ स्थानीय माधव पौडेलले भने ।
एमालेले मनोनयन दर्ता गर्नुभन्दा एकदिन अगाडि मात्र महतोलाई प्रवेश गराएर टिकट प्रदान गरेको थियो । महतो समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा लक्ष्मी महतोलाई टिकट दिए निर्वाचन जित्ने एमालेको योजना छ । महतो मधेस आन्दोलनको समयमा सदभावना पार्टीका केन्द्रीय सदस्य थिए । अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम रोजे । जसपा हुँदै महतो एमाले प्रवेश गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ती अर्थात माघीको मेन्यु, हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?
पुष २९, २०८१ सोमबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार