योग्य व्यक्तिलाई टिकट नदिएर गम्भिर गल्ती भइरहेको छः डा. भट्टराई
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार २१:१३:३९
२८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विगतदेखि अहिलेसम्म राजनीतिक दलहरुले योग्य र उचित व्यक्तिलाई टिकट नदिएर गम्भिर गल्ती गरेरहेको बताएका छन् । उनले दलहरुको यस्तो प्रवृति अहिले दलहरु आफुले आफैँलाई ठग्ने अवस्थामा पुगेको बताएका छन् ।
एक्यानले गरेको ‘दिगो आर्थिक विकास’ विषयक कार्यक्रममा बोल्दै भट्टराईले अर्थविद् डा. स्वर्णिम वाग्ले लगायत कांग्रेसका केही योग्य व्यक्तिहरुलाई टिकट नदिएकोप्रति कटाक्ष गर्दै राजनीतिक दल जान्नेहरुलाई बाहिर राखेर आफैँलाई ठग्ने अवस्थामा पुगिसकेको बताए ।
उनले भने,‘हाम्रो देशमा सबैले सबैलाई ठग्दै हामीले आफैले आफैँलाई ठग्ने अवस्थामा पुग्यौँ । सबैले आत्मसमीक्षा गर्नु जरुरी छ । अहिले आफू तीनपटक निर्वाचन जितेर अहिले निर्वाचनबाट बाहिरिएको छु । हामीले दोहोरो कर्म गर्ने, आफूतिर नहेर्ने, उपदेश दिने, ठूला कुरा गर्ने, अन्त्यमा देश छाडेर अन्य देशमा गएर बस्ने र नेपालमा गरिब, निमुखा मात्रै बस्ने हो भने नेपाल कहिल्यै पनि बन्दैन ।’
भट्टराईले कांग्रेसले डा. मिनेन्द्र रिजाल र वाग्लेलाई टिकट नदिएकोमा कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने पार्टीले विद्वान व्यक्तित्वहरुलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताए । उनले विज्ञहरुलाई देशभन्दा बाहिर पठाएर मुलुकभित्र गरिब, निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने बताए ।
नेपालमा सबैले आफैले आफैँलाई ठग्ने अवस्थामा पुगेको भन्दै उनले यसलाई सच्याउन आवश्यक भएको बताए । उनले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको बताए । विकास भनेको समय भएको र समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि नहुने भन्दै विकास र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
दल फुुटाउन र मिलाउन म प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार