ओलीको एक इशाराबाट देउवाका लागि डडेल्धुरा कति सुरक्षित ?
नेपालबहस संवाददाता
असोज २९, २०७९ शनिबार १६:३१:२
२९ असोज, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धरमरमा रहेको निर्वाचन क्षेत्र डडेल्धुरा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरक्षित बनाइदिने प्रयास गरेका छन् । यसबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा देउवाको प्रस्पिर्धामा आउन सक्ने अर्को उम्मेदवार तत्का देखिएको छैन् । तर, अझै एमालेको निर्णय आउन बाँकी छ ।
नेकपा एमालेले कांग्रेस बीपीलाई सघाउँदा देउवालाई चुनाव जित्न कठिन हुने अनुमान गरिएको थियो । बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले एमालेको साथ पाउँदा देउवाका लागि भारी बन्न सक्ने अवस्था देखिएको थियो । कर्ण मल्लबाहेक पनि स्वतन्त्रसहित १२ उम्मेदवारहरु देउवाको बिरुद्धमा लागिरहेका छन् । यसले गर्दा देउवाको खड्गो अझै टरिसकेको देखिँदैछ ।
नेकपा एमालेले अब के गर्छ भन्ने विषयले देउवा ढुक्क हुने अवस्था रहन्छ कि रहँदै भन्ने विषयलाई थप गौण बनाएको छ । एमालेले आफ्नै उम्मेदवारलाई दिने वा स्वतन्त्रलाई सघाउने भन्ने एकिन भएको छैन । देउवालाई डडेल्धुरामा सुरक्षित गर्दा अध्यक्ष ओलीले पनि त्यसको बदलामा अन्य उस्तै क्षेत्र खोजेको बताइन्छ ।
ओलीले देउवालाई सहज बनाउँदा एमालेले कहाँ केपाउँछ भन्ने विषय छलफल भएको छ । तर, निष्कर्ष आएको छैन् । बालकोट निकट स्रोतको भनाइमा ओली र देउवाबीच भएको संवाद पछि नै एमाले बीपी कांग्रेसलाई सघाउने विषयबाट पछि हटेको हो । एमाले डडेल्धुराले नेपाली कांग्रेस बीपीसँगको चुनावी तालमेल शुक्रबार तोडेको हो ।
सहमतिविपरीत बीपी कांग्रेसले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र २ मा आफ्ना उमेदवारलाई नभई स्वतन्त्र उमेदवारलाई समर्थन गरेको भन्दै एमालेले चुनावी तालमेल भंग गरेको बताइए पनि ओली निर्देशन सो कुरा भएको थियो । त्यही अनुसार बैठक बसेर एमाले डडेल्धुराले विज्ञप्ती निकालेको थियो ।
यसअघि बीपी कांग्रेसँग तालमेल गर्नकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुरामा प्रतिनिधिसभातर्फ उमेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उमेदवारी फिर्ता गराएका थिए । डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उमेदवार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार
भारतले सोधपुछका लागि बङ्गलादेशका उप उच्चायुक्तलाई बोलायो
पुष २९, २०८१ सोमबार