भागबण्डामा एमालेका एक सय ६३ सीट गए, दुई सीट बिकेनन्
नेपालबहस संवाददाता
असोज २९, २०७९ शनिबार १७:९:१५
२९ असोज,काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै दलले सीटको भागबण्डा गरिसकेका छन् । सत्ता पक्ष र विपक्ष आफ्नै ढंगले गठबन्धन बनाएर चुनवामा होमिएका बेला एमालेसँग भने दुई सीट बाँकी रहेका छन् ।
बाँकी रहेको भन्दा पनि भागबण्डामा गइसकेको तर कुरा नमिलेपछि फिर्ता गरिएको डडेल्धुराको एक सीट बाँकी छ भने प्रभु साहलाई दिएको सीट बाँकी छ । प्रभु साहले एमालेले दिएको सीट खल्तीमा राखेर स्वातन्त्रबाट उम्मेदवारी दिएका छन् । उनी एमालेबाट निष्कासनसमेत भइसकेका छन् ।
यी सीटमा एमाले आफै लड्छ वा अरु कसैलाई फेरी दिन्छ भन्ने अहिलेसम्म टुंगो भएको छैन् । एमालेले ४ मंसिरमा हुने आमनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारको शुत्रबार नै सूची सार्वजनिक गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार एमालेले एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४१ वटा निर्वाचन क्षेत्र आफुलाई राखेको छ । एमालेले केन्द्रीय बाँकी २४ सीटमध्ये १७ सीट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), ३ सीट राप्रपा, एक सीट कांग्रेसको विद्रोही समूह, एक सीट कांग्रेसको बीपी समूह, र एक सीटमा पश्चिम नवलपरासीमा हृदयेश त्रिपाठीलाई समर्थन गरेको छ ।
रौतहटमा आधिकारिक उम्मेदवार प्रभु साहले नै स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि सीट रिक्त छ । त्यस्तै, प्रदेशमा तीन सय ३० मध्ये ४२ सीट जसपालाई छाडेको एमालेले राप्रपालाई चार सीट छाडेको छ । एमालेको समर्थनमा राप्रपाले प्रदेशमा चार सीटमा चुनाव लड्दै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु
पुष २९, २०८१ सोमबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार