सभापति देउवालाई कांग्रेसमा भन्दा गठबन्धनमा अन्तर्घात हुने डर
नेपालबहस संवाददाता
असोज २९, २०७९ शनिबार १७:५३:५६
२९ असोज काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात भए चुनावमा राम्रो परिणाम ल्यान कठिन हुने आशंका व्यक्त गरेका छन् । उनले नेपाली कांग्रेसभित्र भन्दा गठबन्धनभित्र अन्तर्घात भए त्यसले कांग्रेसलाई ठूलो क्षति हुने अनुमान पनि गरेका छन् ।
कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार देउवाले गठबन्धनका कारण चाहेको व्यक्तिलाई टिकट दिन नसकिएको भन्दै अन्तर्घात मौलाउने खतराप्रति सबैलाई सजग रहन आग्रह गरेका छन् । देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टीभित्र पनि अन्तर्घात बढ्ने सम्भावना देखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
उनले गठबन्धनमा नजाँदा चुनाव जित्न र सरकार बनाउन नसकिने र जाँदा सबैको चित्त बुझाउन नसकिने अवस्थाले अन्तर्घात बढाउने स्थिति देखिएको भन्दै यसलाई रोक्न सबै लाग्नुपर्ने बताएका थिए । देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउन बैठकमा आग्रह गरेका थिए । उनले गठबन्धनको पक्षमा जनलहर सिर्जना हुने गरी माहोल बनाउन र पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन पनि दिएका थिए ।
परियारका अनुसार देउवाले गठबन्धनका कारण कांग्रेसभित्रै अन्तर्घात नभए कांग्रेसले पनि राम्रो चुनावी परिणाम हासिल गर्ने बताएका थिए । ‘गठबन्धन भएको छ, सीटको बाँडफाँड हुँदा कतै पाइएको छ, कतै छोड्नु परेको छ । गठबन्धन र पार्टीभित्र अन्तर्घात नभए राम्रो परिणाम आउँछ भन्ने लागेको छ ।’
पार्टीभित्र गठबन्धनको पक्षमा माहोल बनाउन प्रधानमन्त्री देउवाले विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको र चुनावको मिति घोषणा गर्दा आफूले निर्वाचनमै जानुपर्ने धारणा राखेको समेत स्मरण गरे । ‘म त पहिल्यै निर्वाचनको पक्षमा थिएँ, मलाई तपाईंहरूले नै यतातिर तानेर ल्याउनुभएको हो, त्यसपछिको परिबन्दले यो गठबन्धन बनेको हो । अब बाध्यताले बनेको गठबन्धनलाई सफल बनाउनुपर्ने अवस्था छ । सबैले लाग्नुपर्छ ।’ परियारले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार