कर्णालीमा गठबन्धनका रुष्ट खोज्ने र फकाउने एमालेको अभियान
नेपालबहस संवाददाता
असोज २९, २०७९ शनिबार २०:३६:५८
२९ असोज, सुर्खेत । चुनाव नजिकिदै गर्दा सत्तारुढ गठबन्धनबाट रुष्ट भएकाहरूको मन चोर्न प्रमुख प्रतिपक्ष एमालेका उम्मेदवारहरू न्वारन देखिको बल लगाइरहेका छन् । कर्णालीका सबै ठाउँमा उम्मेदवारी दिएको एमालेले टिकट नपाएर रुष्ट भएकादेखि नेकपा एसका नेता कार्यकर्तालाई आफ्नो पक्षमा भोट दिन लविङ तीव्र बनाएको छ ।
नेकपा एसका नेता तथा कार्यक्रतालाई एमालेमा प्रवेश गराउनेदेखि रुष्टलाई हातमा लिएर चुनाव आफ्नो पक्षमा पर्ने दाउ एमालेको छ । उता, सत्ता गठबन्धनका दलहरू टिकट नपाएका, बागी बनेकालाई फकाउन मै समय खर्चिरहेका छन् । नतिजा आफ्नो पक्षमा पार्न गठबन्धन सम्वद्ध दलहरू आफ्नो पराजयले प्रदेश तर संघीय सरकार निर्माणमा समेत अंक गणितीय हिसाब नमिल्दा समस्या हुने भन्दै चनाखो भएर लागेका छन् ।
गठबन्धनमा भएको सहमतिअनुसार थोरै मात्र सिट दलहरूको भागमा परेकाले सबैको चित्त बुझाउन नसकिएको माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । प्रदेश इन्चार्ज मल्ल प्रत्यक्षतर्फ चुनावमा सहभागी नभएका नेतामध्ये पर्छन् । माओवादी कै प्रदेश अध्यक्ष विमला केसीले पनि यस पटक चुनावमा भाग लिएकी छैनन् ।
कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही आफैमा प्रदेशसभाका लागि जुम्ला–१ (क)का उम्मेदवार हुन् । उनी मुख्यमन्त्रीका दावेदार पनि हुन् । कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानुनममन्त्री मन्त्री तथा एवं माओवादीका केन्द्रीय सदस्य नरेश भण्डारीले टिकट पाउनेमा आशावादी भए पनि अन्तिममा गोमा कुँवरलाई टिकट दिएपछि उनले टिकट पाएनन् । टिकट नपाएपछि उनले लेखेकी छिन्, ‘इमान्दारिता, सक्षमता, लोकप्रियता र बौद्धिकताको बधशाला माओवादी केन्द्र नहोस् । गुटगत तराजुको अन्यायपूर्ण जोखाइबाट पीडित हुँदै आएको कर्णाली यस पटक पनि अछुतो रहेन ।’
मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला–१ (क) बाट प्रदेशसभाका उम्मेदवार बनेका छन् । उनी पनि मुख्यमन्त्री कै लाइनमा रहेक व्यक्ति हुन् । सभापति शाहीको बागीमा कांग्रेसकै देवेन्द्रबहादुर शाहीले उम्मेदवारी दिँदा सभापति शाहीको टाउको दुखेको छ । एमालेबाट धिरेन्द्रराज गिरी उम्मेदवार बनेका छन् । यो क्षेत्रमा नेकपा एसको उम्मेदवार छैनन् ।
गठबन्धनकै साझा उम्मेदवार गोमा कुँवरविरुद्धमा माओवादीकै डा. कलबहादुर रोकायले बागी उम्मेदवारी दिएका छन् । कुँवरलाई नेकपा एस, कांग्रेसले सघाए जित निश्चित रहे पनि बागीका कारण उनी समस्यामा परेकी छिन् । पूर्वमन्त्री समेत रहेकी कुँवर कर्णाली कै गठबन्धनकी एक मात्र महिला उम्मेदवार हुन् ।
कालीकोटबाट कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले प्रतिनिधिसभामा उम्मेदवार बन्ने योजनामा रहे पनि त्यहाँ माओवादीको भागमा पर्दा उनी उम्मेदवार बन्न पाएनन् । कांग्रेस इतर पक्षधर नेता शाही यसअघि ०७० र ०७४ सालको निर्वाचनमा पराजित भएका थिए । सो क्षेत्रमा ०७० सालमा भुपेन्द्रजंग शाहीसँगै प्रतिस्पर्धा गरेका माओवादी केन्द्रका नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।
दैलेख निर्वाचन–२ बाट प्रतिनिधिसभाका लागि पहिलो पटक उम्मेदवार बन्न सिफारिस भएका विष्णु रिजालको अन्तिममा टिकट प्राप्त गर्न सकेनन् । एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख समेत रहेका रिजाल राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहिरहने व्यक्ति हुन् । उनीसहित सोही क्षेत्रबाट टिकट नपाउनेमा कर्णालीका सभामुख राजबहादुर शाही पनि छन् ।
०७४ सालमा दैलेख–२ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका शाही यो पटक प्रतिनिधिसभामा जाने तयारीमा थिए । एमालेभित्र पाँच जनाको रस्साकस्सीबीच संविधानसभा सदस्य लक्ष्मीप्रसाद पोखरेलले टिकट पाए । पोखरेल ०७० सालमा दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सिफारिस भएका पाँच जनामध्ये एमाले प्रदेश अध्यक्ष विनोद शाह भने प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् ।
कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दिपेन्द्र रोकाय पनि पहिलोपटक हुम्लाबाट चुनावमा भाग लिने तयारीमा थिए । तर टिकट पाएनन् । माओवादी केन्द्र हुम्लाका संयोजकसमेत रहेका रोकाय माओवादी केन्द्रभित्र बौद्धिक नेताको रुपमा चिनिन्छन् । माओवादी केन्द्रले कार्चेन लामालाई उम्मेदवार बनाएको छ । लामा समुदायमा आफ्नो प्रभाव बढाउन कोर्चेनलाई माओवादीले अघि सारेको छ । उनी प्रदेश सरकारमा ६ महिना मन्त्रीसमेत बनेका थिए ।
सत्ताका लागि मरिहत्ते गर्ने डोल्पाका नन्दसिंह बुढा पनि टिकट नपाउने सूचीमा छन् । ०७४ मा एमालेबाट प्रदेशसभा जितेका उनी सत्ताको लागि ‘फ्लोर क्रस’ गर्नेदेखि दल अदल–बदल गर्ने व्यक्तिमा रुपमा परिचित छन् । नेकपा विभाजनपछि समाजवादीमा लागेका उनी डोल्पा जिल्लाका अध्यक्षसमेत थिए । डोल्पामा समाजवादीका धनबहादुर बुढाले प्रतिनिधिसभाको टिकट नछाड्ने भएपछि नन्दसिंहले पार्टी त्यागेका हुन् । १३ असोजमा एमाले महासचिव शंकर पोखरेलको हातबाट टीका, माला लगाएर टिकट पाउने सपना सहित एमाले प्रवेश गरेका उनले एमालेबाट टिकट भने नपाउदा सामाजिक सञ्जालमा पीडा पोखिरहेका छन् ।
कर्णाली प्रदेशका पुर्वमन्त्री खड्कबहादुर खत्री सुर्खेत–१ (ख) बाट एमालेबाट प्रदेशसभा सदस्यका लागि सिफारिसमा परे पनि टिकट पाउन सकेनन् । डण्डी शर्मालाई पार्टीले टिकट दिएपछि खत्री निरास भएका छन् । टिकट नपाएको आवेगमा खत्रीले शर्माविरुद्ध बागी उम्मेदवारी दिएका थिए । तर, पछि फिर्ता लिए ।
माओवादी केन्द्रबाट दैलेख–२ (ख) बाट प्रदेशसभाका लागि एकल सिफारिस भए पनि चुनाव लड्न नपाउनेमा उपेन्द्रकुमार रावत (सुशील) पनि छन् । टिकट पाएर पनि अन्तिममा आएर उनको टिकट खोसेर एमालेको अर्थ तथा योजना विभागका केन्द्रीय सचिव रहेका योगेन्द्र शाही माओवादीमा प्रवेश गरेपछि उक्त टिकट शाहीलाई थमाएको छ ।
जाजरकोटमा गठबन्धनविरुद्ध नेकपा एसका जिल्ला अध्यक्ष कमान खड्काले उम्मेदारी दिएका छन् । जाजरकोटमा नेकपा एसको आधिकारीक उम्मेदवार थिएनन् । नेकपा एसका जिल्ला सचिवसहित ३४ जना शुक्रबार मात्रै एमालेमा प्रवेश गरिसकेका छन् । गठबन्धनभित्रका रुष्ट टिमको सहयोग लिन सके कर्णालीम स्थानीय तहको नतिजामा तेस्रो भएको एमालेले स्थान उकास्न सक्ने सम्भावना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
मंसिर १८, २०८१ मंगलबार