शाओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सहायता गर्दै
नेपालबहस संवाददाता
असोज ३०, २०७९ आइतबार १९:४०:१४
३० असोज, काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले डिस्एबल्ड स्ट्युडेन्टएसोसिएशनलाईसांगीतिक उपकरण र खेलकुद सामग्रीहरुउपलब्ध गराएको छ । शाओमी नेपाललेसमाजमा सकारात्मकप्रभावल्याउन सक्रिय रूपमा अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्दैआएको छ।
कार्यक्रमबारे बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाज्युले भन्नुभयो, “हामी सँधै हामीले काम गरेको समुदायको उत्थान गर्ने कुरामाविश्वास गर्छौं । व्यापारको साथसाथै समुदायप्रतिको हाम्रो दायित्वको बारेमाहामी सचेत छौं । चाडपर्वहरू नजिकिँदै गर्दा दुःखमा परेकाहरुलाई सहयोग गर्ने यो भन्दा राम्रो अवसर अरु के होला । विद्यार्थीहरूसँग समय बिताउनपाउनु हाम्रो लागि एउटा फरक अनुभव थियो। अप्ठेरोमा परेकाहरूलाई हामी निरन्तर सहयोग गर्नेछौं र यो हाम्रो सानो प्रयासले निकट भविष्यमा सकारात्मकनतिजाल्याउनेछ भन्ने मलाई विश्वास छ ।”
शाओमी नेपालले आफ्नो समुदायमा सेवाप्रदान गर्नका लागि विभिन्न गतिविधिहरू गर्दै आएको छ। विद्यार्थीहरूसंग समय बिताई शाओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनका विद्यार्थीहरूलाई खेलकुदका सामग्रीतथा संगीतका साधनहरू उपलब्ध गराउन मद्दत गरेको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले डीएसए स्कूलका प्रिन्सिपल दयाराम महर्जनलाई सामग्री हस्तान्तरण गरेका थिए। शाओमी नेपालले टेकवान्डो जस्ता खेलकुदमा संलग्न बालबालिकाहरूलाई उनीहरूको प्रतिभा र आत्मरक्षा सीपहरू निखार्न खेल सामग्रीहरू र संगीतमा इच्छुकहरुका लागि हर्मोनियम, धिमे, सारंगी र तबला जस्ता सांगीतिक यन्त्रहरू उपलब्ध गराएको छ।
शाओमी नेपालले समाज प्रतिको आफ्नो जिम्मेवारीबारे सचेत एक परोपकारी व्यवसायिक संस्थाहो । शाओमी नेपालले समाजमा केहि सकारात्मक गर्ने र खुशी फैलाउने कुरामा दृढ विश्वास गर्दछ। विगतका दिनहरुमा पनि शाओमी नेपालले धेरै कल्याणकारी कार्यक्रमहरु आयोजना गर्दै आएको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार