भैरहवामा खुलेआम चोरी तस्करीः प्रहरी प्रशासनकै संलग्नता रहेको उद्योगी व्यवसायीको आरोप
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असोज ३०, २०७९ आइतबार २२:४९:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/taskar_IJmh5pJ1KU.jpg)
३० असोज, भैरहवा । खुल्ला सीमानाको फाइदा उठाउँदै चोरी तस्करी बढ्दासमेत स्थानीय प्रशासनले नियन्त्रणमा पहल नगरेको भन्दै सीमा क्षेत्रका व्यवसायीले प्रशासनको आलोचना गरेका छन् । उद्योग व्यापार सङ्गठन, रूपन्देहीको १५औँ वार्षिक साधारणसभामा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमकार गौचनले खुलेआम चोरी तस्करी भईरहँदा पनि प्रहरी प्रशासनले नियन्त्रणमा पहल नै नगरेको बताए ।
गौचनले सीमापारी सुनौलीमा चाडपर्वका बेला करोडौँको व्यापार हुँदा सीमावारी नेपाली बजार भैरहवा क्षेत्रका व्यवसायीले मारमा परेको बताए । उनले अब यस्तै अवस्था रहने हो भने केही दिनमै सयौँ व्यवसायीको व्यवसाय बन्द हुने पनि दावी गरे । ८० वर्षीय गौचनले चार दशकको व्यवसायिक जीवनमा सबैभन्दा बढी चोरी तस्करी यतिबेला भईरहेको भन्दै स्थानीय प्रहरी प्रशासनको चर्को आलोचनासमेत गरेका छन् । उनले भने, “सीमापारीबाट जे सामान ल्याए पनि कुनै रोकतोक गरिँदैन । सीमावारी भैरहवाको व्यापार चौपट भएको छ । अरु केही नगरे पनि भन्सारको संक्षिप्त प्रज्ञापनपत्र भरेर मात्रै ल्याउने व्यवस्था गरौँ ।”
कार्यक्रममा उद्योग व्यापार सङ्गठन रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले सीमावर्ती क्षेत्रमा प्रहरी प्रशासनले कडाइ नगर्ने हो भने भैरहवाका धेरै पसल बन्द गर्नुपर्ने बाध्यता रहेको बताए । उनले भने,“मान्छे सीमापारी जान रोक्न सकिँदैन तर, सीमापारीबाट भन्सार नगरेको सामान रोक्न, नियन्त्रण नगरेर प्रशासन रमिते बनेर बसेको छ ।”
भण्डारीले कानुनअनुसार संक्षिप्त प्रज्ञापनपत्र नभरी सामान नेपाल ल्याउन नपाइने प्रणालीलाई लागू गर्नसमेत माग गरे । जिल्लाको मर्चवार, केवटलिया, पीपरीहिया, भगवानपुर, चनौली बगाह, कालीदह, बगौँली, चन्नी, करौँता, थुमुहवा पीपरहवा, मुडुलालगायतका नाकाबाट दैनिक चोरी तस्करी गरेर दाल, तेल र चामललगायतका सामान भित्रिरहेका छन् । भैरहवा मूल भन्सार नाका अगाडिबाट घरायसी समान भन्दै दिनहुँ हजारौं मानिसले भन्सार नतिरी सामान ल्याउने गरेको व्यवसायीहरुको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भर बनाउन सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले भने, “सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।”
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सीमापारी किनमेलको जाने मानिस रोक्न नसकिँने बताउँदै व्यवसायीको सुझाव र गुनासोलाई आत्मसात गर्दै सुरक्षा सतर्कतामा विशेष ध्यान दिने बताएर व्यवसायीका गुनासोलाई झारा टार्ने काम मात्र गरे ।
उनले भने, “हामीले राजश्व चुहावट नियन्त्रणका लागि सुरक्षागस्ती बढाउने, घरायासी प्रयोजनका लागि भारतीय बजारमा जाने संस्कारलाई निरुत्साहित गर्ने काम अगाडि बढाउने, सीमापारीबाट भन्सार नगरी ल्याएको समान खरिद गर्ने प्रचलनलाई रोक्नुपर्दछ ।”
उद्योग व्यापार सङ्गठन, रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले सीमा क्षेत्रका व्यापारी सीमा क्षेत्रको चोरी तस्करीका कारण मारमा परेको बताए । रूपन्देही जिल्लाको उद्योगी व्यवसायीको क्रियाशील सक्रिय रहेको उद्योग व्यापार सङ्गठनमा जिल्लाका करिब पाँच हजार व्यवसायी दर्ता रहेका छन् । कार्यक्रममा सङ्गठनको स्तरवृद्धिमा अतुलनीय योगदान पु¥याएका छ जनालाई सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार